काठमाडौं । वि.सं. २०७७ वैशाख २० गते । शनिवार । इ.स.२०२० मे ०२ तारिक । शकसंवत् १९४१ । प्रमादी संवत्सर । उत्तरायण । वसन्त ऋतु । ने.सं. ११४० चौलागा ।
वैशाख शुक्लपक्ष । तिथी– नवमी,०७ बजेर ०० मिनेट उप्रान्त दशमी । नक्षत्र– मघा,१९ बजेर ४५ मिनेट उप्रान्त पूर्वाफाल्गुनी । योग– वृद्धि,११ बजेर ४४ मिनेट उप्रान्त ध्रुव ।
करण– कौलव,०७ बजेर ०० मिनेट उप्रान्त तैतिल,१७ बजेर ५९ मिनेट उप्रान्त गर,२८ बजेर ५५ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–पद्य योग । चन्द्रराशि–सिंह । काठमाडौंमा सूर्योदय ६ बजेर २५ मिनेटमा, सूर्यास्त १८ बजेर ३७ मिनेटमा । दिनमान ३२ घडी ५९ पला ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
अध्ययनमा मन जानेछ । घरायसी प्रयोजनका लागि भोगविलासका सामानहरुको खरिद गर्ने समय रहेको छ ।
प्रेम सम्बन्ध सुदृढ हुने तथा छुट्टिएका सम्बन्ध पुनः सुचारु हुने योग रहेको छ । तरपनि व्यापार व्यवसाय मन्दि आउने तथा घाटा लाग्नेछ । बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
आफन्तहरु टाडिने तथा पती पत्नीबीच सामान्य मनमुटावको सिर्जना हुनेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ ।
राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुका लागि समय मध्यम भएकोले जनताबाट आलोचनात्मक समर्थन पाईनेछ । कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकिकरण गर्न सकिनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
विभिन्न अवसरको सदुपयोग गर्दै राम्रा तथा परिणाममुखि काम गर्ने सकिनेछ । दाजुभाई,आफन्त तथा छिमेकिका साथ रमाईलो गर्दै दिन व्यतित हुनेछ ।
प्रेमको गाँठो कसिलो हुने तथा मायाको चिनो साटासाट हुनेछ । पढाई लेखाई प्रगतिकै बाटोमा लैजान सकिनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
पारिवारिक माहोलमा समय बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । घरायसी व्यापारमा समय व्यतित हुने तथा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ ।
आफन्त तथा कुटुम्बको सहयोग पाईनाले कामहरु तीव्र गतिमा अगाढी बढाउन सकिनेछ । प्रणय सम्बन्धमा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेकोछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
मिष्ठान्न भोजन,उत्तम वस्त्र तथा उपहार हात लाग्ने योग रहेको छ । बोलिको प्रभाव बढ्ने तथा बोलेरै मनग्गे आम्दानी गर्न सकिनेछ । कार्यक्षेत्रमा तपाईको काम देखेर सबैजना प्रशन्न हुनेछन् ।
प्रेममा सुमधुरता बढेर जाने तथा पति पत्नीबीच एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ । तरपनि समय अनुकुल नहुन सक्छ ध्यान दिएर काम गर्नुहोला ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
खर्च स्थानमा गोचर गर्ने चन्द्रमाले दैनिक खर्च बढाउनेछ भने स्वास्थ्यमा समस्या आई औषधि खर्च बढेर जानेछ । पढाई लेखाईमा मन नजाँदा अरु भन्दा पछि परिनेछ ।
व्यापार व्यवसायमा प्रशस्त समय खर्चिए मात्र आम्दानी हुनेछ । अग्रज तथा आफन्तसँग मनमुटाव सिर्जना हुनेछ । बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
कार्यक्षेत्रमा आलोचना गर्ने तथा फसाउँनेहरु सक्रिय हुनेछन् । व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । अग्रज तथा आफन्तहरुको असहयोगले राम्रा काम गर्ने अवसर गुम्नेछ ।
पढाई लेखाईमा मन नजाँदा अरुभन्दा पछि परिनेछ । पैत्रिक धन सम्पतिका प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ ।
वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
कर्म भावमा गोचर गर्ने शुभ चन्द्रमाले राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाईनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा हात पार्न सकिने हुनाले गुरुवर्ग तथा आफन्त खुशी हुनेछन् ।
माया प्रेममा सामिप्यता बढ्नेछ । कार्यक्षेत्रका प्रभाव बढ्ने तथा बढोत्तरिको योग रहेको छ । तरपनि बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
समयको महत्व बुझेर अगाडी बढ्दा चाहेको गन्तव्य भेट्न सकिनेछ । धर्म अध्यात्म तथा सामाजिक परम्परा जस्ता क्षेत्रमा मन जानेछ ।
प्रशासनिक काममा केही ढिला सुस्तिको चपेटामा परिएपनि अन्ततः काम हुनेछ । खोजीमुलक काममा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । व्यापार व्यवसायमा केही मन्दी आएपनि दैनिकी प्रभावित हुनेछैन ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
व्यक्तिगत स्वास्थ्य तथा वैराग्यभाव त्यागेर अगाढ बढ्नुहोला । सवारी साधन तथा भौतिक सम्पत्तीको प्रयोग गर्दा बिशेष सावधानि अपनाउनुहोला ।
आलश्य तथा थकानको अनुभुति हुनेछ भने दिनभर परिश्रम गरेपनि न्यून उपलब्धि हासिल हुनेछ । अध्ययनमा अलि बढी नै समय खर्चदा मात्र नतिजा हात पार्न सकिनेछ । प्रेममा धोका हुनसक्छ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
लगनशीलता तथा ईमान्दारिताले दैनिकी परिवर्तन गर्न सकिनेछ । स्वअध्ययनले पढाई लेखाईमा सफलता प्राप्त गर्न सकिनेछ ।
भौतिक सम्पत्ती तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । माया प्रेममा सामिप्यता बढाउन सकिनेछ । तरपनि बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
शत्रुघरमा गोचर गर्ने चन्द्रमाले ऋण,रोग तथा शत्रुलाई रिमोभ गर्दै अगाडि बढन् सकिनेछ । साथीभाई तथा ईष्टमित्रबाट सहयोग पाईनेछ ।
पढाई लेखाईमा मन जाने तथा थोरै समय दिदा पनि नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । मामा तथा मावली पक्षबाट सहयोग प्राप्त हुनेछ । तरपनि बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया