हेर्नुहोस् २०७७ साल वैशाख २१ गतेको राशिफल

काठमाडौं । वि.सं. २०७७ वैशाख २१ गते । आईतवार । इ.स.२०२० मे ०३ तारिक । शकसंवत् १९४१ । प्रमादी संवत्सर । उत्तरायण । वसन्त ऋतु । ने.सं. ११४० चौलागा ।

वैशाख शुक्लपक्ष । तिथी–एकादशी,२६ बजेर ३८ मिनेट उप्रान्त द्वादशी । नक्षत्र– पूर्वाफाल्गुनी,१८ बजेर १८ मिनेट उप्रान्त उत्तरफाल्गुनी ।

योग– ध्रुव,०८ बजेर ५५ मिनेट उप्रान्त व्याघात । करण–वणिज,१५ बजेर ५७ मिनेट उप्रान्त भद्रा,२६ बजेर ३८ मिनेट उप्रान्त बव । आनन्दादिमा–छत्र योग ।

चन्द्रराशि–सिंह,२३ बजेर ५५ मिनेट उप्रान्त कन्या । काठमाडौंमा सूर्योदय ६ बजेर २४ मिनेटमा, सूर्यास्त १८ बजेर ३८ मिनेटमा । दिनमान ३३ घडी ०२ पला । स्मार्तहरूको मोहिनी एकादशी व्रत। अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवस।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

अध्ययनमा भनेजस्तो उपलब्धी हासिल गर्न सकिनेछ । परिवार तथा सन्तानले व्यापारमा सहयोग गर्ने भएपनि मन्दि आउने तथा घाटा लाग्नेछ ।

सेवामुलक काममा समय खर्चनु नै उत्तम रहेको छ । प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेकोछ । तरपनि बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

कृषि,सहकारी तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । स्वास्थ्यको दृष्टिकोणले समय प्रतिकुल रहेपनि राम्रा काम गर्न सकिनेछ ।

आफन्त तथा आमासँग सामान्य मनमुटाव सिर्जना हुनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा टाडिनु पर्ने बाध्यता हुनेछ । खानपान तथा सरसफाईमा ध्यान दिनुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

लगनशीलताको साथ गरीने कामको उच्च मुल्याङ्कन हुनेछ । दाजुभाई तथा छिमेकीसँगको सम्बन्ध सुधार गर्दै नयाँ कामहरु गर्न सकिनेछ ।

प्रतिस्पर्धीहरु सहयोगी बन्नेछन् भने कनैपनि प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । पढाई लेखाईमा मन जानेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

मिठो साथीभाईका साथमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । रमाईलो गर्दा गर्दै पढाई लेखाईमा समय दिन नसक्दा अरु भन्दा पछि परिन सकिन्छ ध्यान दिनुहोला ।

बोलिको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुनेछन् । व्यापार व्यवसायमा समय दिन नसकिने तथा घाटा लाग्नेछ । बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

समाजमा राम्रा काम गर्न सकिने हुँदा ईज्जत प्रतिष्ठामा वृद्धि हुनेछ । बन्द व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिने मन प्रशन्न हुनेछ ।

नयाँ प्रविधिको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । राजनीतिमा सबैलाई मिलाएर लान सकिने हुँदा पद प्राप्तीको योग रहेको छ । परिवारका साथ रहेर मिठो मसिनो भोजन गर्ने अवसर जुर्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

आम्दानी भन्दा खर्च बढ्नाले आर्थिक अवस्था तथा दैनिकी प्रभावित हुनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आई खर्च बढ्नेछ ।

नियम संगत काम नगर्नाले दण्ड तथा जरिवाना तिुर्नुपर्ने हुन सक्छ ध्यान दिनुहोला । तपाईको व्यवहारले माया प्रेममा अविश्वास बढ्नेछ । काम वा अध्ययनको शिलशीलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

अरुको भर पर्दा महत्वपुर्ण उपलब्धिहरु गुम्न सक्छ ध्यान दिनुहोला । धन तथा स्थाई सम्पत्तीको परिचालन गर्दा ध्यान दिनुहोला ।

अरुलाई दिईएका रकमहरु समयमा फिर्ता नहुनाले आफ्नो काम थाती रहनेछ । सहयोग गर्नेहरु टाडिनेछन् भने दाजुभाई तथा अग्रजहरुसँग मनमुटाव बढ्ने योग रहेको छ ।

खोज तथा अनुसन्धानको क्षेत्रमा अलि बढि मिहेनत गरेमात्र नतिजा आफैतिर ल्याउन सकिनेछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

राजनीति तथा समाजसेवामा जनताको समर्थनले राम्रा काम गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकी करण गरी लाभ लिन सकिनेछ ।

माया प्रेमको गाँठो कसिलो भएर जानेछ । पढाई लेखाईमा सहपाठी हरुलाई पछि पार्दै नतिजा आफैतिर ल्याउन सकिनेछ । तरपनि सरसफाईमा ध्यान दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

सामाजिक तथा परोपकारी काममा मन जानेछ । व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो प्रगती गर्न सकिने हुनाले मन प्रशन्न हुनेछ ।

राजनीतिज्ञले जनताको काम गरी पद प्राप्त गर्ने समय रहेको छ । प्रेमील जोडीहरुका लागि समय उत्तम रहेको छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

काम गर्ने विभिन्न अवसर सदुपयोग गर्न नजान्दा समयले तपाईलाई पछि छोड्नेछ । व्यापारमा आम्दानी कम हुने तथा लगानी गर्न केही समय कुर्नुहोला । प्रेममा अविश्वास तथा धोका हुनेछ ।

खानपानमा ध्यान नदिए स्वास्थ्य सम्वन्धी समस्याले पिरोल्नेछ । आफन्त दिदि बहिनीसँग मनमुटाव सिर्जना हुनेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

माया प्रेममा नजिक हुने तथा रमाईलो गर्न सकिनेछ । भौतिक वस्तु तथा बिलाशी सामानको प्रयोग गरी अरुको ध्यान तान्न सकिनेछ ।

पारिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पढाई लेखाईमा सफलता हात पार्न सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनार लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ । लामो समयदेखी रोकिएर बसेका कामहरु बन्नाले मन उत्साहित हुनेछ ।

शत्रु परास्त हुने तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ । व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?