हेर्नुहोस् २०७७ साल वैशाख २२ गतेको राशिफल

काठमाडौं । वि.सं. २०७७ वैशाख २२ गते । सोमवार । इ.स.२०२० मे ०४ तारिक । शकसंवत् १९४१ । प्रमादी संवत्सर । उत्तरायण । वसन्त ऋतु । ने.सं. ११४० चौलागा ।

वैशाख शुक्लपक्ष । तिथी– द्वादशी,२४ बजेर १३ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र– उत्तरफाल्गुनी,१६ बजेर ५३ मिनेट उप्रान्त हस्त । योग– व्याघात,०५ बजेर ५७ मिनेट उप्रान्त हर्षण,२६ बजेर ५४ मिनेट उप्रान्त बज्र । करण– बव,१३ बजेर २६ मिनेट उप्रान्त बालव,२४ बजेर १३ मिनेट उप्रान्त कौलव ।

आनन्दादिमा–श्रीवत्स योग । चन्द्रराशि– कन्या । काठमाडौंमा सूर्योदय ६ बजेर २४ मिनेटमा, सूर्यास्त १८ बजेर ३८ मिनेटमा । दिनमान ३३ घडी ०५ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

विद्या तथा प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ भने घरपरिवारसँगै रहेर मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

पुराना थाति रहेका कामहरु प्रविधिको माध्यामबाट सम्पादन गर्न सकिनेछ । तरपनि बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

अध्ययनमा भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । परिवार तथा सन्तानले सहयोग गर्ने हुनाले केही मात्रामा धन आर्जन गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेको छ ।

सन्तान तथा छोराछोरीको सहयोग पाईनेछ भने वंश वृद्धिको गतिलो योग रहेको छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

राजनीति तथा सामाजिक काममा हतारमा निर्णय गर्दा आलोचना हुनेछ । अन्य व्यापार व्यवसायमा मन्दी आउने भएपनि कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ ।

आफन्त तथा परिवारलाई समय दिन नसक्दा तपाईदेखी रिसाउनेछन् । प्रेममा एक अर्काको भावना नबुझ्दा टाडिनु पर्ने बाध्यता आउन सक्छ । अध्ययन तथा अध्यापनबाट भनेजस्तो नतिजा नआउन सक्छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

आँट शाहस तथा पराक्रममा वृद्धि भएर जाने हुनाले पुरुशार्थी काम गरेर नाम कमाउन सकिनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् ।

लेखन,कला तथा साहित्यको क्षेत्रमा कलम चलाउनेहरुका लागि समय फलदायी रहेको छ । प्रेममा सामिप्यता बढेर जानेछ । तरपनि बाहिरी वातावरणको ध्यान दिनुहोला ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

आफन्त तथा कुटुम्ब सँगको चिसिएको सम्बन्धमा सुधार आउनेछ भने मिष्ठान्न भोजनका साथ समय व्यतित गर्न सकिनेछ । थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ ।

पढाई लेखाईमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । प्रेमील जोडीहरुले रमाईलो गरी दिन व्यतित गर्न सक्नेछन् ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

टाडिएका मित्र तथा आफन्तसँगको भेटले मन प्रशन्न हुनेछ । पुराना कमिकमजोरी हरुलाई सच्याउँदै रचनात्मक काम गर्न सकिनेछ ।

विलाशी वस्तुको प्रयोग मार्फत अरुको ध्यान आकर्षित गर्न सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ । तरपनि बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला । खानपामा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

आकस्मिक खर्च हुनाले दैनिकी प्रभावित हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय मध्यम रहेको छ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

पैत्रिक तथा प्राकृतिक स्रोत साधनको प्रयोग गर्न पाईनेछ । आफन्त तथा घरपरिवारका ईच्छा आकांक्षाहरु पुरा गर्न सकिनेछ ।

माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नीको सहयोग पाईने हुनाले राम्रा काम गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा भेटघाटलाई कम गर्नु नै राम्रो रहेनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

धर्म तथा आध्यात्मिक क्षेत्रमा रुचि बढ्नेछ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्राको स्थगित गर्नुहोला । खोजीमुलक क्षेत्रमा समय व्यतित गर्न सकिनेछ ।

माया प्रेममा आफ्नो मानिससँग दिनभर भलाकुसारि गर्न पाउँदा मन प्रशन्न हुनेछ । भाग्य तथा समयले साथ दिने हुनाले सानो प्रयत्नले कामहरु बन्नेछन् ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

वौद्धिक,प्राज्ञिक तथा सिर्जनात्मक कामबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । धर्म तथा अध्यात्म क्षेत्रमा बिशेष रुची बढ्नेछ ।

दार्शनिक विषयवस्तुमा मन जाने हुनाले फराकिलो ज्ञान आर्जन गर्न सकिनेछ । व्यापार व्यावसायमा मन्दि आउनेछ । दाम्पत्य सुख,प्रेम सम्बन्ध तथा पारिवारिक सम्वन्ध सुमधुर हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

व्यापारमा लगानी गरेपनि तत्काल फाईदा हुनेछैन । आफ्नो काममा भन्दा पनि अरुकै काममा समय व्यातित हुनेछ । महत्वकांक्षी योजनाहरु पुरा गर्न निकै संघर्ष गर्नुपर्नेछ ।

आफन्त तथा घरपरिवारका सदस्यहरुसँग राय बाजिनेछ । माया प्रेममा धोका तथा विश्वासघात हुनेछ । पढाई लेखाईमा मन नजाँदा अरुभन्दा पछि परिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

कामगर्दा ध्यान दिनुहोला आलोचकहरु बढ्नेछन् । व्यापारमा समय दिएपनि न्यून आम्दानीमा चित्त बुझाउनु पर्नेछ ।

कष्टकर यात्रा नहोला भन्न सकिन्न । साथीभाई तथा जीवन साथीको सहयोग नपाईदा कामहरु बीचमा नै छोड्नु पर्ने हुन सक्छ । प्रेममा मनमुटाव सिर्जना हुने योग रहेकोछ । अध्ययनमा मन नजाँदा नतिजा अरुकै पोल्टोमा पर्नेछ ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?