सिटीको जितमा अग्वेरोको चार गोल, टोटनह्यामद्वारा आर्सनल पराजित

काठमाडौं, २८ माघ । इङ्गलिस प्रिमियर लिगमा शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटी र टोटनह्याम हट्सपर विजयी भएका छन् शनिबारराति भएको खेलमा खेलमा आर्सनललाई टोटनह्याम हट्सपरले १–० ले हराएको हो वेम्बलीमा भएको खेलमा घरेलु टोली टोटनह्यामलाई विजयी गराउनका लागि ह्यारी केनले खेलको ४९ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो शनिबारराति नै भएको अर्को खेलमा शीर्ष स्थानाको म्यान्चेस्टर सिटीले लेष्टर सिटीलाई ५–१ ले पराजित ग¥यो म्यान सिटीलाई विजयी गराउन सर्जियो अगुएरोले ४ गोल गरेभने रहिम स्टर्लिङले एक गोल गरे । लेष्टर सिटीका जेमी भार्डीले एक गोल फर्काएका थिए प्रिमियर लिगका अन्य खेलमा खेलमा एभर्टनले क्रिष्टल प्यालेसलाई ३–१ ले हराँयो भने वेष्ट ह्याम युनाईटेडले वाट्फोर्डलाई २–० ले तथा स्वान्सी सिटीले बर्नलीलाई १–० ले हराएको छ । स्टोक सिटी र ब्राईटनले भने १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?