कठमाडौं । लकडाउनका कारण उद्योग व्यवसायमा काम गर्ने श्रमिकहरुलाई पारिश्रमिक दिन दिन अफ्ठयारो परेको भन्दै ठुला नीजि क्षेत्रहरुले सरकारले गरेको निर्णय पुनरावलोकन गर्न सरकारसँग माग गरेका छन् ।
निजी क्षेत्रको प्रतिनिधित्व गर्ने संस्थाहरु नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघले आइतवार एक विज्ञप्ती जारी गर्दै त्यस्तो अपिल गरेका हुन् । अहिलेको परिस्थितिमा उद्योग व्यवसाय क्षेत्रले अधिकतम ५० प्रतिशत भन्दा बढी पारिश्रमिक भुक्तानी गर्न आग्रह गरेको थियो । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको कारण उद्योग व्यवसायमा काम गर्ने श्रमिहरुलाई पारिश्रमिक दिन समस्या परिरहेको बताएका छन् ।
जसका कारण श्रमिकहरुलाई अधिकतम ५० प्रतिशत पारिश्रमिक दिनको लागि गार्हो भएको बताउँदै सरकारले गरेको निर्णय कार्यान्वयनमा समस्या देखिएको समेत बताइएको छ । आइतवार जारी गरिएको विज्ञप्तीमा भनिएको छ, “अहिलेको परिस्थितिमा उद्योग व्यवसाय क्षेत्रले अधिकतम ५० प्रतिशत भन्दा बढी पारिश्रमिक भुक्तानी गर्न अत्यन्त कठिन भएकाले श्रमिकको पारिश्रमिकको सम्वन्धमा नेपाल सरकारले गरेका निर्णयहरू कार्यान्वयन गर्न ठूलो समस्या देखिएको छ ।”
श्रमिकहरूको पारिश्रमिक भुक्तानी सम्वन्धमा यस महासंघ लगायत नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स लगायतका निजी क्षेत्रका संस्थाहरूको तर्फबाट मिति २०७७ वैशाख १० गते नेपाल सरकार समक्ष पेश गरिएको संयुक्त सुझाव समेतलाई ध्यानमा राखि उद्योग र श्रमिक दुवैको बचाउ गर्नुपर्ने भएकाले निजी क्षेत्रको तर्फबाट प्रस्तुत सुझाव कार्यान्वयन गर्न सहज हुने गरी नेपाल सरकारले श्रमिकको पारिश्रमिक भुक्तानी सम्वन्धमा गरेका निर्णयहरू पुनरावलोकन गर्ने व्यवस्थाका लागि नेपालका सम्पूर्ण निजी क्षेत्रको तर्फबाट नेपाल सरकार समक्ष अनुरोध गरेका छन् ।
[pdf-embedder url=”https://www.lokpath.com/wp-content/uploads/2020/05/Joint-Press-Release-by-FNCCI-CNI-2.pdf” title=”Joint Press Release by FNCCI-CNI (2)”]
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया