काठमाडौं । चीनमा ‘ब्याट वुम्यान’को नामबाट चिनिएकी चर्चित वुहान इन्स्टीट्यूट अफ भायरोलोजी शी झेलिंग अचानक गायब भएकी छन् ।
उनीसँग वुहान शहरको ल्याब तथा कोरोना भाइरससँग जोडिएका गुप्त कुराहरु भएको उल्लेख गरिएको थियो । केहि अन्तर्राष्ट्रिय मिडियाहरुले उनलाई कोरोना भाइरसको विषयलाई लिएर महवपूर्ण जानकारी रहेको बताएका छन् ।
वुहानको ल्याबमा काम गर्ने शी झेलिंगलाई ‘ब्याट वुम्यान’ भन्ने गरिन्छ । चमेरोमको रिसर्च गरेको कारण उनले यो नाम पाएकी थिइन् ।
उनी चमेरामा रहेका अन्य भाइरसहरुको बारेमाप नि रिसर्च गरिरहेकी छन् । चीनका सोसल मिडियामा गएका केहि दिन यता उनले विदेशी मिडियालाई कोरोना भाइरसको विषयमा विभिन्न जानकारी दिएको भन्ने अफवाह फैलिएको छ ।
उनले पश्चिमी देशहरुलाई कोरोनाको बारेमा जानकारी दिएको अफवाह फैलाइएको छ । एक रिपोर्टका अनुसार शी झेंगिलले यो एउटा अफवाह फैलाएको मात्र भएको भन्दै सामाजिक सञ्जालमा आफ्ना कुराहरु शेयर गरेकी थिइन् ।
उनले त्यो सबै अफवाह भएको भन्दै विच्याटमा आफ्नो पोस्ट शेयर गरेकी थिइन् । साथै उनले वुहान ल्याबका डाइरेक्टरको नाममा एक अन्य पोस्ट शेयर गरेकी थिइन् ।
उनले लेखेकी थिइन्, ‘चाहे जतिसुकै ठूलो मुश्किल किन नआओस्, तर कुनै प्रकारको केहि जानकारी लिक हुने छैन, किनभने हामीले कुनै गल्ती गरेका छैनौँ । विज्ञानमा भरोसा गर्दै म भन्छु कि, एकदिन सबै बादल हराउनेछ र सूर्यको प्रकाश स्पष्ट देखिनेछ ।’
एक अन्य रिपोर्टमा भने उनले पेरिसको दूतावासलाई कोरोना भाइरसको बारेमा खबर लीक गरेको बताइएको छ ।
केहि देशहरुले चीनलाई कोरोना भाइरस विश्वमा फैलाएको आरोप लगाउँदै आएका छन् ।
यसै सम्बन्धको विषयलाई लिएर उनी गएको डिसेम्बर देखि नै गायब रहेको बताईएको छ । उनी कोरोना भाइरसको संक्रमण चीनमा फैलिएसँगै डिसेम्बरकै दिन देखि कतै देखिएकी छैनन् ।
एजेन्सीको सहयोगमा
के सूर्यको प्रकाशले कम हुन्छ कोरोनाको खतरा ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया