२८ माघ,काठमाडौं – शेरवहादुर देउवा नेतृत्वको कामचलाउ सरकारले एकपछि अर्को गर्दै राष्ट्रिय ढकुटीमा व्रम्हलुट मच्चाएको आरोप लगाउंदै माओवादी केन्द्र निकट अखिल(क्रान्तिकारी)ले ब्यङ्ग्य स्वरुप रु १ संकलन अभियान शुरु गरेको छक्रान्तिकारीले उपत्यका लगायत देशका सवै प्रमुख शहरहरुमा रु १ का दरले चन्दा संकलन गरि जिल्ला प्रशासन मार्फत प्रधानमन्त्री देउवालाई वुझाउने कार्यक्रम तय गरेको उपाध्यक्ष सुरेन्द्र बस्नेतले वताएबस्नेतले भने-‘ प्रधानमन्त्रीलाई आफ्ना दलका कार्यकर्ता भरणपोषण गर्न जति गरे पनि पुगेन। त्यसैले हामीले उहाँलाई चन्दा संकलन गरिदिन लागेका हौं। ‘ देउवाले हदैसम्म बम्हलुट गर्न थालेपछि सांकेतिक विरोध र भण्डाफोर अभियान चलाउन वाध्य भएको बस्नेतले दावी गरेप्रधानमन्त्री देउवालाई रु १ अभियान आजवाटै उपत्यकाका कलेजहरुवाट शुरु भएको छ। यो अभियान देशैभर चल्ने क्रान्तिकारीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया