प्रदेश ४ मा पृथ्वीसुब्बा गुरुङ एमाले संसदीय दलको नेता र मुख्यमन्त्री

पोखरा, २८ माघ । प्रदेश ४ मा एमालेका केन्द्रीय सचिव पृथ्वी सुब्बा गुरुङलाई संसदीय दलको नेता र मुख्यमन्त्री बनाउने सहमति भएको छ आइतबार बिहानसम्म सहमति हुन नसकेपछि निर्वाचनमार्फत संसदीय दलको नेता चयनको तयारी भएपनि पार्टी महासचिव इश्वर पोखरेल पोखरा पुगेपछि उनको पक्षमा सहमति बनेको हो मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङको दाबी थियो । संस्थापन पक्षमा दुवै नेताबीच कसलाई दलको नेता र मुख्यमन्त्री बनाउने भन्नेमा विवाद रहँदै आएको थियो पोखरा पुगेका महासचिव पोखरेलको उपस्थितिमा भएको वार्तापछि पृथ्वीसुब्बालाई मुख्यमन्त्री बनाउने सहमति भएको छ । एमाले संसदीय दलको बैठकले यसलाई मुर्तरुप दिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?