काठमाडौं । नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधवार राष्ट्रिय जनस्वास्थ प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका ७ महिला तथा १० पुरुषमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९९ पुगेको छ ।
हालसम्म नेपालमा पिसिआर विधिमार्फत १४ हजार ९६ वटा परीक्षणहरु भएका छन् । भने आरडिटी विधिमार्फत ५२ हजार ९ सय ७० वटा वटा कोरोना परीक्षणहरु भएको प्रवक्ता देवकोटाले जनाएका छन् । जसमध्ये प्रदेश १ मा ६ हजार ३ स २८, प्रदेश २ मा ५ हजार ७ सय ९७, वाग्मती प्रदेशमा ८ हजार ९ सय ४०, गण्डकी प्रदेशमा ६ हजार १ सय ९७, प्रदेश ५ मा ५ हजार ३ सय ३०, कर्णाली प्रदेशमा ५ हजार ९ सय ७७ तथा सुदूरपश्चिम प्रदेशमा १४ हजार ४ सय १ वटा कोरोना परीक्षणहरु भएका छन् । भने बितेका २४ घण्टामा ९ सय ९१ वटा कोरोना परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म १९ हजार ७ सय ३४ जना मानिस क्वारेन्टाइनमा रहेका छन् । जसमध्ये प्रदेश १ मा २०१८ जना, प्रदेश २ मा १ हजार २ सय २५, बाग्मती प्रदेशमा २ सय ६२, गण्डकी प्रदेशमा ६ हजार ६ सय ५७ जना, प्रदेश ५ मा ७ हजार ८ सय ८४, कर्णाली प्रदेशमा ३ हजार ७ सय ५८ जना तथा सुदूरपश्चिम प्रदेशमा ३ हजार ८ सय ९९ जना क्वारेन्टाइनमा रहेका छन् ।
त्यस्तै हालसम्म नेपालमा १ सय ३६ जना मानिसहरु क्वारेन्टाइनमा रहेका छन् । जसमध्ये ७ जना काठमाडौं उपत्यकामा र १२९ जना उपत्यका बाहिर रहेको पनि मन्त्रालयले जनाएको छ ।
नेपालमा संम्भावित ३ सय ३३ जना रेड जोनमा रहेका छन् । बितेको २४ घण्टामा ३ जना रेड जोनमा थपिएका छन् ।
त्यस्तै आज मात्रै कोसी अस्पतालमा उपचाररत ६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । साथै कोरोना उपचारपछि निको भएर घर फर्किएका ३ जनामा पुन कोरोना पोजेटिभ देखिएको छ ।
बुधवार १७ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ । उनीहरुमध्ये २२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । बाँकी उपचाररत सबैको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
हालसम्म कर्णाली प्रदेशमा १ जना पनि संक्रमित पुष्टि भएका छैनन् ।
यो समाचार तयार पार्दासम्म विश्वभर २ लाख ५८ हजार ९ सय ६२ जनाले ज्यान गुमाइसकेका छन् । भने ३७ लाख ४७ हजार ३१३ जनालाई संक्रमण भएको छ । ति मध्ये १२ लाख ५० हजार ६०२ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।
स्वास्थ्य लाभ गरी ६ जना भारतीय स्मालिक जमाती घर फर्के
काठमाडौं । कोरोना सङ्क्रमितहरु उपचारपछि निको भएर घर फर्कन पाएकामा खुशी देखिन्थे । उपचार गराइरहेका ६ जना आज निको भइ घर फर्केका छन् । उपचारमा खटिएका सबैको व्यवहारबाट प्रशन्नता व्यक्त गर्दै उनीहरुले नेपाल र नेपालीलाई सलाम गरेका छन् । उपचारमा रहेका अन्य सङ्क्रमित पनि उपचारको राम्रो प्रबन्ध एवं व्यवस्थापन कारण आफूहरु पनि छिट्टै निको हुने आशामा छन् ।
प्रदेश नं १ मा पहिलोपटक यति धेरै सङ्ख्यामा कोराना सङ्कमित देखिएपछि प्रदेश सरकारले सङ्क्रमण बढ्न नदिन लकडाउनलाई निकै कडा बनाएको छ । एकबाट अनेकमा सर्ने यो रोगबाट बच्न र बचाउन सामाजिक दूरी कायम गर्नु नै सबैभन्दा राम्रो उपाय हो ।
यी जमातीहरु विसं २०७६ मङ्सिर २६ गते दिल्लीको धार्मिक केन्द्र (मर्कज) बाट भारतको जोगबनी हुँदै नेपालको विभिन्न भाग घुम्दै उदयपुरको भुल्के पुगेको थिए । सङ्क्रमितमध्येका छ जनाको तीन चरणको थ्रोट स्वाब परीक्षण (पिसीआर) गर्दा नेगेटिभ रिपोर्ट आएको अस्पतालले पुष्टि गरेपछि घर पठाइएको अस्पताल प्रशासनले जनाएको छ । उनीहरु सबै भारतीय नागरिक हुन् ।
घर फर्कनेहरुमा ३० वर्षीय अनुस जैदी, २९ वर्षीय मोहम्मद अजिज, २८ वर्षीय मोहम्मद जावेद, २१ वर्षीय मोहम्मद अहमद साहेव, ३४ वर्षीय मोहम्मद अजिरवान र २६ वर्षीय मोहम्मद रासिद छन् । डिस्चार्ज भएका सबै स्वस्थ देखिने र घर जान पाउने आशामा केन्द्रित जमाती अहिले व्रतमा छन् । एक महिना लगातार रोजा व्रत बस्ने मुस्लिमहरुको आज १२औँ रोजा हो भने रोजा बस्ने रोजदार रमजान महिनाको दोस्रो असरामा प्रवेश गरेका छन् । उनीहरुलाई विराटनगर–१५ स्थित मर्कज (पूर्वी आठ जिल्लाको मुस्लिमको केन्द्र) मा १४ दिन आइसोलेसनमा राखिने र पुनः स्वाब परीक्षण गरिने व्यवस्था मिलाइएको छ ।
सो अवसरमा घर जान लागेका अनुस जैदीले केन्द्रको उपचार कार्यमा राम्रो सेवा र सहयोगको भावना पाएको बताए । अहिले कुनै असजिलो अनुभव नभएको उनले उल्लेख गरे । उनले बन्दाबन्दी खुलेपछि नेपाल सरकारको निर्णयको आधारमा स्वदेश फर्कने जानकारी दिए ।
प्रदेश नं १ सामाजिक विकासमन्त्री जीवन घिमिरेले स्वास्थ्य सेवा निर्देशनालय, मन्त्रालय, अस्पतालको संयुक्त कार्यको सफलतास्वरुप आज पहिलो चरणमा सङ्क्रमित निको भइ निस्कने लागेकामा खुशी व्यक्त गरे । उनले भने– यो प्रदेश सरकारको कोरोना उपचारमा ठूलो सफलता हो । मन्त्री घिमिरेले प्रदेशमा रहेका तीन पिसीआर परीक्षणका लागि तीन हजार र १४ जिल्लामा द्रुत परीक्षणका किट (आरडिटी) लागि सात हजार व्यवस्था गरिएको बताए ।
कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सङ्गीता मिश्राले निको भएर घर जान लागेका पूर्व सङ्क्रमितले केन्द्रमा रहँदा सहयोगी रहेको बताउँदै केन्द्रमा रहेका अन्यको आगामी हप्ता स्वाब परीक्षण गर्ने जानकारी दिए । केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले केन्द्रका स्वास्थ्य उपचार सामग्रीको कुनै अभाव नरहेको बताए । अहिले केन्द्रमा २५ जना उपचारमा छन् ।
यस अघि प्रकाशित यो समाचार पढ्नुभएको थियो ?
कोरोना भाइरसविरुद्धको औषधि बनाउने इटाली विश्वकै पहिलो देश, मुसामा परिक्षण सफल
सार्वजनिक भएका उत्तर कोरियाली तानाशाह किम जोङ उन ‘नक्कली’ भएको दाबी
पर्साका १७ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा ९९ पुगे संक्रमित
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया