अनुहारको सौन्दर्यको लागि हामी के–के मात्र गर्दैनौं । हामी बजारमा पाइने विभिन्न प्रकारको क्रिमहरु प्रयोग गर्छौ । तर, यस्तो बजारमा पाइने विभिन्न प्रकारका क्रिमहरुले अनुहारमा हानी पुर्याउँन सक्छ । कसैलाई कुनै क्रिम नफापेर एलर्जी समेत आउने गर्छ । यसै समस्याहरुबाट छुटकारा पाउन अपनाउन सकिने घरेलु उपायहरुबारे केही चर्चा गरिएको छ फाइन लाइनअनुहारमा आउने फाइन लाइन प्राय जस्तो आँखा, मुख र निधारमा आउँछ । यसले अनुहारको सुन्दरता घटाउँछ । यो हटाउन अंगूरको रस निकाल्ने र त्यो रस कटनले आँखा, मुख र निधारमा लगाउन सक्छौँ । लगाएको ५ मिनेटपछि मुख धुने । यसबाट राम्रो परिमाणको लागि हप्तामा ३–४ पटकसम्म यसको प्रयोग गर्न सकिन्छ आँखको पफिनेसआँखा चतलको सूजनको कारण बढ्दो उमेर हुन सक्छ । यो समस्या जे कारण भएपनि यसको सामाधान चाहिँ गर्न सकिन्छ । यो समस्याबाट बच्चन अण्डाको सेतो भागलाई फेटेर ब्रशले फेसमा लगाउन सक्छौ । यो मिश्रण लगाएको १५ मिनेट पनि सफा पानीले मुख धुनुपर्छ रिंकलको निदानबढ्दो उमेरको कारण रिंकल आउन थाल्छ । हाम्रो व्यस्तताका कारण यो समस्या समयभन्दा पहिला हुन सक्छ । यो समस्याबाट बच्नका लागि दूधको प्रयोग गर्न सकिन्छ । यसको लागि ५ वटा बदाम एक कप दूधमा भिजाएर राख्ने, बदामलाई पिसेर त्यसको पेस्ट बनाउने र दूधमा त्यो पेस्टसँग एक चम्चा मह हाल्ने । त्यो पेस्ट अनुहारमा लगाउने र २० मिनेट पनि मुख धुने । यसको प्रयोग हप्ताको २–३ पटक अपनाउन सकिन्छ दाँतको सरसफाईमुस्कानले मान्छेको अनुहारलाई छुट्टै राम्रो बनाउँछ । यदि हाम्रो दाँत सफा भएन भने मुस्कान असरमय हुँदैन । यसको आर्कषण बढाउन स्टबेरी र सोडाको पेस्ट बनाएर दाँत्मा लगाउने यसो गर्नाले दाँत चम्किलो हुन्छ । यो पेस्टलाई ५ मिनेटसम्म दाँतमा राख्ने । यसपछि ब्रश गरेर र कुल्ला गर्ने । यसो गरेमा दाँतमा चमक आउँछ डार्क सर्कलतनाब, अपूरो निन्द्रा र अन्य कारणले हाम्रो आँखाको तल डार्क सर्कल आउनसक्छ । यसले हाम्रो अनुहारको चम्किलो पन कम गरिदिन्छ । तर, यो समस्या प्राकृतिक उपायले हटाउन सकिन्छ । यसको लागि पुदिनाको पात र टहनीको मिश्रण गरेर डार्क सर्कलको वरिपरि लगाउने । लगाएको २० मिनेट पछि मुख धुने । यसको प्रयोग केहि दिनसम्म गरेका डार्क सर्कल कम हुन्छ खिलको समस्याहर्मोनको गडबडी, पेटको खराबी र छालाको सरसफाइमा ध्यान नदिँदा अनुहारमा खिल आउनसक्छ । यो समस्याका कारण टिनएजर र महिलालाई तनावमा हुन्छन् । यो समस्याबाट बच्नका लागि १–२ कम चियामा १–३ कप सेब साइडर सिरका लगाउन सक्छौँ । यो मिश्रणलाई ३० मिनेटसम्म अनुहारमा लगाउने र मुख धुने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया