काठमाडौं–लुम्बिनी अञ्चलमा एन आई सी एशिया बैंकले ९ नयाँ शाखा कार्यालयहरु एकै साथ संञ्चालनमा ल्याएको छ नवलपरासी जिल्लाको ४ स्थानहरु गैंडाकोट न.पा. वडा नं. १५ अमरापुरी स्थित अमरापुरी शाखा, प्रतापपुर न.पा. वडा नं २ गोपीगंज स्थित गोपीगंज शाखा, बिनयीत्रिवेणी गा.पा. वडा नं १ दुम्कीबास स्थित दुम्कीबास शाखा र मध्यबिन्दु न.पा. वडा नं. १० अरुणखोला स्थित अरुणखोला शाखा साथै, रुपन्देही जिल्लाको ३ स्थानहरु देवदह न.पा. वडा नं. १२ शंकरपुर स्थित शंकरपुर शाखा, सैनामैना न.पा. वडा नं. ३ मुर्गिया स्थित मुर्गिया शाखा र तिलोत्तमा न.पा. वडा नं. ८ मणिग्राम ४ नम्बर स्थित मणिग्राम ४ नम्बर शाखा र कपिलवस्तु जिल्लाको २ स्थानहरु बाणगंगा नगरपालिका वडा नं. १, ४ नम्बर जितपुर स्थित ४ नम्बर जितपुर शाखा र बुद्धभुमी न.पा. वडा नं. ९, ईमिलिया स्थित ईमिलिया शाखा आइतबार एक समारोहका बिच समुद्घाटन गरिएको हो शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । उल्लेखित ९ शाखा कार्यालयहरुको समुद्घाटन सँगै हाल बैंकको शाखा संख्या १७० पुगेको छ यस्तै बैंकले १६८ एटिएम काउन्टरहरु एव् ४ एक्स्टेन्सन काउन्टरहरुबाट पनि आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको पनि जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया