काठमाडौं – निया शर्मा कक्षा १२ मा अध्यनरत छात्रा हुन्, यिनको लकडाउन डायरी अन्य टिनएजरको भन्दा अलिक भिन्न छ ।
लकडाउनमा घर बाहिर निस्कन नमिलेपछि अधिकांश समय इन्टरनेट, मोबाइल, ल्यापटप अनि टिभीमा गुजार्ने अनुपा आफ्नो एकाडेमीक अध्ययन पनि अनलाइन मार्फत नै गर्दछिन् ।
कक्षाकोठामा शिक्षकहरुले पढाएका कुरा र पाठ्यक्रम, लेक्चर नोट्स लगायत परीक्षाका पेपर, भिडियो लेक्चर अनि टेस्टको तत्काल रिपोर्टहरु यिनले आफ्नो मोबाइल या कम्यूटरमा नै सहज रुपमा हेर्न सक्दछिन् । प्रविधिसँगको यो सहकार्यले अनुपा र यिनका साथीहरुलाई धेरै सहयोग र सक्षम गरेको छ । अनुपा लगायत थुप्रै उनका साथीहरुलाई यस प्रविधीले सहयोग मात्र गरेको नभई पढ्न प्रति थप उत्साहित गरेको छ ।
उत्साहका साथ यसरी प्रविधिमैत्री अध्ययनका कारणले अनुपाका लागि लकडाउन एउटा बन्देज मात्र नभई अवसर पनि भएको छ ।
काठमाण्डौ गोकर्णेश्वरस्थित नामी कलेजकी विद्यार्थी अनुपाले हरेक दिन आफूले नेटमा बिताउने समयलाई केहि भागमा पढाइका लागि पनि छुट्याउने गरेकी छिन्, नेट र ग्याजेटहरु सधैं नराम्रो या डिस्ट्र्याक्टिङ हुँदैन, यिनको विचारमा । अझ यस्तो लकडाउनका बेलामा सामाजिक दूरी कायम राख्दै बस्दा यसरी अनलाइन पढ्न पाउनु, छलफल गर्न पाउनु र मक जाँचहरु दिन पाउनु त एकदमै इफेक्टीभ भएको बताउँछिन् ।
इन्टरनेटमार्फत विभिन्न फुलटाइम कोर्स गरेर आज करोडौं मान्छे दिक्षित भइसकेका छन् तर नेपालमा आज पनि मोबाइल चलाउनु या नेटमा केहि कुरा खोज्नु परम्परागत पाप हो, समय नष्ट गरेको हो । कलेजमा मोबाइल बन्देज छ तर त्यहि कलेजबाट निस्कनासाथ जागिर खोज्न जाँदा हामी प्रविधिमैत्री कर्मचारी खोज्छौं ।
त्यस्तै विराटनगरको अर्किड कलेजमा कक्षा १२ सकाएका प्रतिक ढकाल सँधै एमबीबीएसको तयारी कक्षा लिन काठमाडौं आउन सक्दैनन् तर उनी ई लर्निङ सिस्टमबाट हरेक दिन एमबीबीएसको बोर्ड अनुसर बिपी, आइओएम, भारतीय निट यूजी, काठमाडौं यूनिभर्सिटी लगायतका मक परीक्षाहरु दिन्छन् । आफूले नबुझेका कुराहरु छलफल गर्छन् र तत्कालै अनलाइन समाधान पाउँदछन् ।
आफ्नो हरेक दिनको प्रगति प्रतिशत हेर्दै परीक्षामा नाम निकाल्न सक्ने सम्भावनालाई घरै बसेर नियालेका राजनको यस वर्षका एमबीबीएस प्रवेश परीक्षाहरुमा आत्मविश्वास र ज्ञान दुवै बढेको बताउँछन् । लकडाउनका समयमा त झन् यसरी पढ्नु धेरै प्रभावकारी भएको यीनको अनुभव छ । एमबीबीएस इन्ट्रान्समा धेरै कम्पीटिशन हुने भएकाले समयदेखि नै स्मार्ट तयारी गर्न पाएकोमा यसवर्ष यिनलाई नाम निस्कन्छ भन्ने आशा छ यद्यपी लकडाउनले गर्दा ११ अनि १२ कक्षाका परीक्षाहरु पनि सरेको भएका कारणले एमबीबीएस र इन्जिनियरीङका प्रवेश परीक्षाहरुको मिति भने निकै पर सर्न सक्ने सम्भावना भने नभएको हैन ।
यी सबै विद्यार्थीहरु अनि यिनका कलेजहरु नेपालको सबैभन्दा ठूलो ई लर्नीङ परिवारका सदस्यहरु हुन्, करिब ६००० भन्दा धेरै प्लस २ विज्ञान संकायका विद्यार्थीहरु दैनिक अध्ययनरत यस अनलाइन संरचनालाई SATSOM नाम दिइएको छ । यस प्रविधिमार्फत प्लस २ साइन्सका विद्यार्थीहरु देखि नेपाल नर्सिङ काउन्सीलले लिने नर्सिङ लाइसेन्स परीक्षाका तयारी गर्ने विद्यार्थीहरु पनि अध्ययनरत छन् ।
लकडाउनका समयमा विद्यार्थीहरुको पढ्न पाउने र प्रवेश परीक्षा तयारी गर्ने चाहने आकंक्षालाई ध्यानमा राख्दै SATSOM ले आफ्ना सबै रजिष्टर भएका विद्यार्थीहरुलाई सिस्टम निशुल्क उपलब्ध गराएको छ।
www.satsom.com मा गएर विद्यार्थीहरुले रजिष्टर गरेर आफ्नो इमेलमा आएको सन्देशलाई भेरिफाई गरेर निशुल्क रुपमा हजारौं मल्टीपल च्वाइस प्रश्नहरु, भिडियो लेक्चर, मक परीक्षा, लेक्चर नोट्सहरु लगायतमा पहुँच पुर्याउन सक्नेछन् ।
How to use Satsom?
शैक्षिक संस्थाहरु खुल्नलाई समय लाग्छ, यो सत्य कुरा हो । अबको पोष्ट कोरोना विश्वमा धेरै कुराहरु परिवर्तन हुनेवाला छन्, सैयौँ वर्षदेखि परिवर्तन हुन नसकेको हाम्रा शिक्षण विधिहरु, कक्षाकोठाका डेस्क बेन्च लगायत शैक्षिक संरचनाहरु, विद्यालयको स्वरुप, पुस्तकहरु अनि अभ्यासपुस्तिकाका स्वरुप र गृहकार्य बुझाउने तवरहरुसम्म अब परिवर्तन हुनेवाला छ ।
विश्व अनि समाजका संरचनाहरुले नयाँ स्वरुपमा यूगान्तकारी फड्को मार्नसक्ने सम्भावना सहित कोरोना कहर सहस्राब्दीकै अहिलेसम्मको सबैभन्दा धेरै त्रास बोकेर आएको छ । अब आउँदो पुस्ताको भविष्य अनि मुख्यतया शिक्षण क्षेत्रमा केन्द्रित भएर कुरा गरौँ । के लकडाउनले हाम्रो भावी पुस्ताहरुको अध्ययन अनि सपनामा पनि लकडाउन गरेको हो त यदि हो भने यो लकडाउन अंगे्रजीमा Lockdown मात्र नभई LuckTime पनि हो Luckdownचाहिँ हैन है ? Luck downअर्थात् भाग्य, अनि यस बन्दाबन्दीको समयले भाग्यमा पनि बन्देज गर्ने हो र ? मोबाइलमा घोत्लिएर बस्ने पुस्तादेखि अभिभावकहरु आजित भइसके भनेर त निकै सुनिन्छ तर के यि पुस्तालाई हामीले शैक्षिक संयन्त्रहरु अनलाइनमा दिन सकेका छौँ त हामीले सोच्नुपर्ने बेला आएको छ ।
हाम्रो छोराछोरीले गेम खेल्न, भिडियो हेर्न र गीत सुन्न मात्र प्रविधिको प्रयोग गर्ने या पढ्न र नयाँ कुराहरु सिक्न पनि त्यहाँ अवसर पाउने
मोबाइल बोकेकाले अनि नेट चलाएकाले कुटेर थिलथिलो पारेका हाम्रा विद्यार्थीहरु इन्टरनेशनल कलेजमा रामायणकालको शिक्षा लिँदैछन् । अनी यस्तो संक्रमणकालिन स्थितिमा हामी खोज्न थाल्छौँ राम्रो प्रविधिमैत्री डिजिटल अध्ययनका माध्यमहरु । यसपाला धेरै जना अभिभावकहरु आफ्नो सन्तानलाई कलेजको खोजि गर्दै हुनुहुन्छ । ठूला भवन र राम्रा ब्राण्डको पछि लागेर भन्दा पनि अपडेटेड शिक्षण अनि प्रविधिमैत्री प्रणालीको खोजिमा लाग्नुस् ।
समयसँगै नेपालको शिक्षण पद्धति बदलिएको छ त के नेपाली शिक्षण पद्धतिले अनलाइनको मर्म अनि प्रविधिमैत्री सिकाईमा ध्यान दिन सकेको छ त
मूख्य कुरा त हाम्रा कलेज सञ्चालक र अभिभावकले के बुझ्न जरुरी छ भने हामी प्रविधिसँग झगडा या प्रविधिसँग जोरी खोज्न सक्दैनौँ । हामी प्रविधिसँग तालमेल मिलाएर जानु जरुरी छ ।
अष्ट्रेलिया क्वीन्सल्याण्डमा अध्ययनको लागि गएकी सबिना श्रेष्ठ नेपालको राम्रै कलेजमा राम्रो अंक ल्याएर थप पढाईका लागि विदेशीएकी हुन् । तर प्रथम सेमेस्टरमा उनी अनलाइन शिक्षण पद्धतिमा लगभग असाक्षर झैँ भएकीले अपेक्षाकृत राम्रो अंक ल्याउन सकिनन् । यहाँ ईन्टरनेसनल लेखेर नाममा श्रृगांर हालिएका महँगा कलेजहरुले एकरत्ति पनि प्रविधिमैत्री शिक्षण दिन नसकेपछि सबिना लगायत थुप्रै विदेशीएका विद्यार्थीहरुले यस्ता हविगत भोग्नुपरेको छ । विदेशी सपना र करियर बेच्ने तमाम कलेजहरुले यस प्रविधि आत्मसाथ गर्ने कुरामा भने किन ध्यान दिन नसकेका, प्रश्नको बिषय छ ।
सय वर्ष अघि स्कुल जानु नयाँ चलन थियो । त्यतिबेलाका विद्यापीठ र गुरुकुलहरुले यो चलनको आत्मसाथ नगरेका र पुरानै ढर्रामा अघि बढेका भए के हुन्थ्यो
समय अनुसार सिकाई अनि पढाईमा पनि परिवर्तन आउँछ । तर हामी त्यस परिवर्तनलाई आत्मसाथ गर्न सकिरहेका हुन्नौँ , आखिर किन ?
इन्टरनेटमार्फत विभिन्न फुलटाइम कोर्स गरेर आज करोडौँ मान्छे दिक्षित भइसकेका छन् तर नेपालमा आज पनि मोबाइल चलाउनु या नेटमा केहि कुरा खोज्नु परम्परागत पाप हो, समय नष्ट गरेको हो । कलेजमा मोबाइल बन्देज छ तर त्यहि कलेजबाट निस्कनासाथ जागिर खोज्न जाँदा हामी प्रविधिमैत्री कर्मचारी खोज्छौँ ।
प्रविधिसँग लडिरहेको पुस्ताको वेदनाः मोबाइल र इन्टरनेटको भूत
मोबाइल बोकेकाले अनि नेट चलाएकाले कुटेर थिलथिलो पारेका हाम्रा विद्यार्थीहरु इन्टरनेशनल कलेजमा रामायणकालको शिक्षा लिँदैछन् । यनी यस्तो संक्रमणकालिन स्थितिमा हामी खोज्न थाल्छौं राम्रो प्रविधिमैत्री डिजिटल अध्ययनका माध्यमहरु । यसपाला धेरै जना अभिभावकहरु आफ्नो सन्तानलाई कलेजको खोजि गर्दै हुनुहुन्छ । ठूला भवन र राम्रा ब्राण्डको पछि लागेर भन्दा पनि अपडेटेड शिक्षण अनि प्रविधिमैत्री प्रणालीको खोजिमा लाग्नुस् । डाक्टर, इन्जिनियर लगायत थुप्रै पेशाका प्रवेश परीक्षाहरु अनलाइन भइसके तर हामी आज पनि नोट कापी र किताबमा हाइलाइटर थमाएर भविष्यका डाक्टर, इन्जिनियर र वैज्ञानिकहरु हुर्काइरहेका छौँ।
अनलाइन अध्ययन गर्दा सहज पढ्न सकिने, प्रविधिमैत्री भएकाले चाहिएका बेला अनि आफ्नो चाहना अनुसार बुझ्न सकिने, अनि विद्यालय या कलेजमा पढेका कुराहरु घरमा थप मज्जाले बुझ्न सहज पार्दछ । हजारौँ प्रश्नपत्रहरु मध्ये सय वटा पनि जाँचमा नआउन सक्छ तर जाँचमा राम्रो गर्न सबै प्रश्नहरु पढ्न अनि तयारी गर्न जरुरी छ । यो प्रक्रिया प्रविधिले थप सहज गरेको छ तर हामी नेपाली शिक्षणका अगुवाहरु अनि अभिभावकहरु आँखा चिम्लेर बसेका छौँ ।
लकडाउनका समयमा बिद्यार्थीहरु घरभित्रै छन्, एउटा टिनएजरको लकडाउन डायरीमा फेसबुक, यूट्यूब, गेम, टिकटक, चलचित्र अटाउन सक्दछन् भने उनीहरुको अध्ययनलाई जारी राख्न SATSOM पनि अटाइन जरुरी छ । विशेषत डाक्टर अनि इन्जिनियर र रजिष्टर्ड नर्स बन्ने सपना सँगालेका विद्यार्थी अनि अहिले प्लस २ विज्ञानमा अध्यनरत सबैजना विद्यार्थीहरु यस निशुल्क संरचनामा गएर नेपालको सबैभन्दा ठूलो अनलाइन पढ्ने परिवारको सफल हिस्सा बन्न सक्ने अवसरलाई सदुपयोग गरौँ ।
कलेज बन्द नो प्रब्लम, यहाँहरुका लागि सधैँ SATSOM खुल्ला छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया