काठमाडौं – शुक्रवार सिंहदवार अगाडि प्रहरीमाथि गालिगलौज तथा अभद्र व्यवहार गर्ने चार जना चिनियाँ नागरिकविरुद्ध प्रहरीले अभद्र व्यवहार अन्तर्गतको मुद्धा चलाउने भएको छ।
‘गो ब्याक होम’ नारा लेखेका प्लेकार्डसहित प्रदर्शनमा उत्तिएका उनीहरु चीन पठाउन माग गर्दै दिउँसो सिंहदरबार छिर्न खोजेका थिए ।
त्यसपछि चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको थियो। झडपमा महानगरीय प्रहरी वृत्त सिंहदरबारका डिएसपी हरि बस्नेतसहित केही चिनियाँ नागरिक घाइते भएका छन्। बस्नेतको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।
केही चिनियाँ नागरिकले प्रहरीको बर्दीमा समातेर आक्रमण गरेका थिए। उनीहरुले आक्रमण गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । प्रहरी माथि आक्रमण गर्ने चार जनालाई अभद्र व्यवहारमा कारबाही अगाडि बढाउने तयारी भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
भिडियो हेर्न यस लिंकमा क्लिक गर्नुहोस् : https://www.facebook.com/lokpath/videos/1921568431310838/
प्रहरीमाथि नै आक्रमणमा उत्रिएर हातपात गर्ने ४७ जना चिनियाँ नागरिकलाई हिजो प्रहरीले नियन्त्रणमा लिएको थियो। चार जनालाई थुनामा राखेर बाँकीलाई छोडेको छ ।
नेपालमा रहेका चिनियाँ नागरिकले नेपालको कानून मान्नुपर्छ : चिनियाँ दूतावास
शुक्रवार सिंहदरबार अगाडि आफ्ना नागरिकले गरेको प्रदर्शनबारे चिनियाँ दूतावासले नेपाल प्रहरीसँग छलफल भइरहेको बताएको छ। प्रहरीमाथि आक्रमण गरेका चार जनाविरुद्ध मुद्दा चलाउने तयारीपछि दूतावासले शुक्रवार राति पौने ११ बजे प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति जानकार रहेको बताएको थियो ।
विज्ञप्तिमा चिनियाँ नागरिकले नेपाल सरकारको कानून पालना गर्नुपर्ने पक्षमा चीन रहेको उल्लेख गरिएको छ।
उनीहरुको मागमा भने नेपाल सरकारले ध्यान दिनुपर्ने भन्ने विश्वास लिएको जनाइएको छ। महामारीको यो संकटमा चिनियाँ स्वदेश फर्कनका लागि आतुर रहेको विज्ञप्तिमा उल्लेख छ ।
चीनले ३ सय ४० जना आफ्ना नागरिकलाई स्वदेश लगिसकेको छ।
सीमित उडानका कारण धेरै चिनियाँ अझै नेपालमा रहेको जनाउँदै दूतावासले आफ्ना नागरिकलाई संयम हुन आग्रह गरेको छ ।
यसअघि प्रकाशित यो समाचार पढ्नुहोस् :
नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित १०९ पुगे
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया