अघिल्लो वर्षको पाठ्यपुस्तकलाई यस वर्ष पनि प्रयोग गरिने

वीरगञ्ज । कोरोना भाइरसबाट उत्पन्न समस्याका कारण विरगन्जका निजी विद्यालयका दुई संगठनले गत वर्षकै पाठ्यपुस्तकलाई यस वर्षपनि निरन्तरता दिने निर्णय गरेको छ ।

नर्सरीदेखि कक्षा ७ सम्मका सबै विद्यार्थीहरुलाई अपग्रेडिङ्ग गर्ने निर्णय प्याब्सन र एन–प्याब्सनले गरेका हुन् । दुबै शैक्षिक संगठनले बिहीवार अनलाइन बैठक बसी त्यस्तै निर्णय गरेका हुन् ।

उक्त बैठकको निर्णय अनुसार कोरोना संक्रमणको कारण उत्पन्न आर्थिक संकट समेतलाई मध्यनजर गर्दै गत वषकै पाठ्यपुस्तकलाई निरन्तरता दिने निर्णय गरिएको प्याब्सन पर्साका अध्यक्ष डा।हरिशंकर साहले जानकारी दिए । साथै नर्सरीदेखि युकेजीसम्मका विद्यार्थीलाई भने नयाँ पाठ्यपुस्तक नै चाहिन्छ किनभने पाठ्यपुस्तकमै गृहकार्य गरिने भएकाले विद्यार्थीले पुराना पाठ्यपुस्तकमा सबै अभ्यास गरिसकेकाले त्यो नियम लागू नहुने पनि बताइएको छ ।

त्यस्तै त्यहाँ परिक्षा हुन बाँकी रहेको नर्सरीदेखि कक्षा सातसम्मका सबै विद्यार्थीहरुलाई अपग्रेडिङ्ग गर्ने पनि निर्णय गरेको छ । परिक्षा बाँकी रहेका विषयमा विद्यार्थीले यसअघि लिएका परिक्षामा प्राप्त गरेको अंकको आधारमा अंक दिने निर्णय उक्त बैठकले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?