आर्थिक वृद्धिका लागि मौद्रिक सहायता उपलब्ध गराउँछौ: अर्थमन्त्री खतिवडा

काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी बजेटमा आर्थिक बृद्धि र कृयाकलाप बढाउन मौद्रिक सहयता उपलब्ध गराउने बताएका छन् ।

आइतवार बसेको प्रतिनिधि सभालाई सम्बोधन गर्दै मन्त्री खतिवडाले आगामी बजेटबाट कर सहुलियतको ब्यवस्था गरिने बताएका छन् । साथै आगामी बजेटका सिद्धान्तहरु सार्वजनिक गर्दै उनले अर्थतन्त्र पुनरुत्थानका लागि कर सहुलियत कार्यक्रम ल्याउ जोड दिने पनि बताए ।

प्रतिनिधि सभामा सम्बोधनका क्रममा दीगो र उच्च आर्थिक बृद्धि हासिल गर्ने गरी बजेट तर्जुमा गरिने साथै मूल्य बृद्धिलाई वान्छित सीमा भित्र राखिनेसमेत बताए ।

नेपालमा आगामी जेठ १५ गते आगामी आर्थिक वर्षको लागि बजेट संसदमा प्रस्तुत हुँदैछ । कोरोनाको कारण विश्व नै आक्रान्त रहेको यस अवस्थामा कोरोना महामारीले स्वास्थ्य क्षेत्रमा ठुलो चूनौती थपेको छ । यसै सन्दर्भमा मन्त्री खतिवडाले यसपालीको बजेटमा स्वास्थ्य पुर्वाधारमा लगानी बढाउने साथै स्वास्थ्य बीमालाई बिस्तारमा जोड दिइने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?