काठमाडौंका सडकमा देखिन थाल्यो सवारी चाप, के खुकुलो बनेको हो लकडाउन ? (फोटोफिचर)

काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सुरक्षार्थ नेपालमा सरकारले गत चैत ११ गतेबाट लकडाउन गरेको छ । लकडाउनका कारण देशभर उद्योग धन्दा, कलकारखाना, सवारी साधन तथा बजार बन्द रहेका थिए ।

लकडाउनका कारण सधैँ व्यस्त देखिने काठमाडौंका सडकहरु सुनसान बनेका थिए । तर केहिदिन यता काठमाडौंमा सवारीको चाप बढेको छ ।

आइतवारबाट सरकारले टाइमकार्ड लागू गरि सवारी चलाउन पाउने व्यवस्था गरेको छ । खानेपानी, औषधी लगायतका अन्य अत्यावश्यकीय बस्तु तथा सेवा बाहेकका सरकारी कार्यालयका कर्मचारी तथा बैंक तथा वित्तीय संख्याका कर्मचारीको लागि टाइम कार्ड लागू गरि सवारी चलाउन पाउने व्यवस्था गरिएको छ । यससँगै काठमाडौंमा सवारी चाप देखिन थालेको छ ।

कोरोना जोखिमलाई कम गर्न सरकारले नेपालमा आगामी जेठ ५ गतेसम्मका लागि लकडाउन गर्ने घोषणा गरेको छ ।

यस्तो छ काठमाडौंका विभिन्न ठाँउमा सवारीको चाप :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?