काठमाडौं । सरकारले आइतवारबाट काठमाडौं उपत्यकामा सवारी आवागमनलाई केही सहज बनाएसँगै सडकमा सवारीको चाप देखिएको छ । सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था लगायत अन्य कार्यालयहरु खुलेसँगै आवतजावत गर्ने मानिसहरु साथै सवारीको चाप बढेको हो । आइतवार (हिजो) बाट सरकारले सवारी साधन चलाउनको लागि टाइम कार्ड लागू गरेको छ ।
सरकारले सरकारी कार्यालयका कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, औषधि तथा खानेपानी र अन्य अत्यावश्यक सामान ढुवानी गर्न सवारी साधनलाई सहज वातावरण बनाएको छ । तर काठमाडौंका विभिन्न ठाँउमा सवारी चापका कारण ट्राफिक जाम हुन थालेको दृष्य देख्न सकिन्छ । सडकमा देखिने सवारी साधनमा अत्यावश्यक सवारी साधन मात्र नभएर व्यक्तिगत प्रयोजनको लागि बाहिर हिड्नेहरुको पनि भिड देखिन्छ ।
अतः सरकारले अफिस टाईम बाहेक अन्य समयमा अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन भनेको छ । तर अफिस टाइम भन्दा बेगर सडकमा सवारी चाप देखिन थालिएको छ। सोमवार बिहान १० बजेको समयमा हामी सिंहदरवार, न्यूरोड, बागबजार तथा सुन्धारा आसपास पुग्दा लकडाउनको अवधि हो वा होइन भन्ने मुस्किल पर्थ्यो । सवारी चापका कारण ट्राफिक जाम भइरहेको देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया