बैंक तथा वित्तीय क्षेत्रमा हुने गलत क्रियाकलापविरुछ छानविन सुरु

सिड्नी, २९ माघ । अष्ट्रेलियाका बैंक तथा वित्तीय सेवाहरूमा हुने गरेका गलत कामबारे छानविन सुरु भएको छ अस्ट्रेलियामा सार्वजनिक छानविन गर्ने सबैभन्दा ठूलो निकायका रुपमा रहेको द रोयल कमिशनले वित्तीय क्षेत्रमा हुने भनिएका आरोपित र स्थापित दुव्र्यवहारबारे छानविन गर्ने बताइएको छ अष्ट्रेलियाका बैंकहरुले सेवाग्राहीमाथि शोषण गर्ने र ठूला व्यापारिक निकायहरुसँग मिलेर धोकाधडी गर्ने आरोप खेप्दै आएका छन् । छानविनका क्रममा आयोगले सोमबार मेलबर्नमा पहिलो सुनुवाई गरेको छ आयोगले समुदायको वित्तीय क्षेत्रमा मापदण्ड र अपेक्षाभन्दा तलका व्यवहारमा पर्ने क्रियाकलापबारे अनुसन्धान गरिने आयुक्त केनेथ हायनीले बताए बैंकिङ सेवाका बाहेक निवृत्तिभरण अथवा निवृत्ति योगदान, बीमा र सम्पत्ति व्यवस्थापन कम्पनीहरूबारे पनि छानबिन गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?