काठमाडौं – अमेरिकन आइडलमा प्रतिस्पर्धा गरिरहेका नेपाली युवा दिवेश पोखरेल (आर्थर गन) अमेरिकाको बहुचर्चित गायन रियालिटी शो अमेरिकन आइडलको टप ७ मा पुग्न सफल भएका छन् ।
अब फाइनलमा पुग्न उनको लागि जम्मा एक खुड्किला मात्रै बाँकी छ।
यसअघि उनी टप टेन भित्र परेका बेला उको समर्थनमा काठमाडौँमा ब्यानर प्रदर्शन गरिएको थियो । ९३ वर्षकी हजुरआमा समेत उनको लागि भोट अपिल गरिरहेकी थिईन् ।
भोटिङका आधारमा भइरहेको प्रतिस्पर्धामा दिवेशले टप ७ मा स्थान बनाएपछि उनको परिवार र नेपालीहरुमा खुसीको सिमा छैन ।
अमेरिकामा मनाईने ‘मदर्स डे’ मा उनले आमाको छेउमा ‘हे मा’ बोलको गीत गाएर माहौल भावुक बनाएका थिए । त्यति मात्रै होईन टप ७ मा पुगेसँगै उनले आज अझ ओजिलो प्रस्तुती दिएका छन् । टप फाइभका लागि उनले दिएको प्रस्तुतिपछि फाइनलका लागि भोटिङ भइरहेको छ ।
आज उनले ‘किस द गर्ल’ बोलको गीत मेलोडियस स्वरमा गाएर माहौल तताएका थिए ।
अघिल्लो एपिसोड जस्तै यसपटक पनि प्रतियोगीहरुले आ–आफ्नो घरबाटै प्रस्तुति दिएका थिए ।
आज पनि उनले निर्णायकहरुले उनको तारिफ गरेका छन् । यसै सन्दर्भमा टप फाइभका लागि प्रस्तुतिपछि अर्को चरणमा सातै जनाले आफ्नो आमालाई सामुन्ने राखेर गीत गाएका थिए ।
दिवेशले बोन इभरको ‘हे मा’ बोलको गीत आमालाई सुनाएका थिए । गीतपछि आमाले उनलाई अंकमाल गरेको भिडियोमा देख्न सकिन्छ ।
आफ्नो गायन प्रतिभाले अमेरिकी मात्र हैन विश्वभरिबाट अमेरिकन आइडल हेर्ने दर्शकको मन जितेका युवा गायक दिवेश पोखरेल टप फाईभका लागि बलियो प्रतिस्पर्धी पनि बनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया