संक्रमित बढेपछि चीनमा फेरी लकडाउन

काठमाडौं । चीनको शुलान शहर लकडाउन भएको छ । कोरोनाको संक्रमण बढेसँगै शुलान शहरमा लकडाउन गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्इमहरुले बताएका छन् ।

चीनका सरकारी सञ्चारमाध्यमका अनुसार उक्त शहरमा ११ नयाँ कोरोना संक्रमित फेला परेसँगै त्यहाँ लकडाउन गरिएको हो ।

उक्त सबै संक्रमित कपडा धुने महिलाबाट संक्रमणको शिकार बनेको बताइएको छ । ४५ वर्षीया ति महिलाबाट उनका पति, बहिनी र परिवारका अन्य सदस्यमा फैलिएको बताइएको छ । तर, महिलाले तत्काल कुनै पनि मुलुकको यात्रा नगरेको बताइएको छ ।

साथै चीनले उक्त शहरका सबै सार्वजनिक स्थान बन्द गर्ने निर्णय गरेको छ भने स्थानीय प्रशासनले सबैलाई आफ्नो घरमा नै बस्न अनुरोध पनि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

जिलिङ प्रान्तको शुलान शहर रुससँग सीमा जोडिएको हेइलोङजियाङको सीमामा पर्दछ ।

यसैबीच चीनमा कोरोना भाइरसको महामारीबाट अहिलेसम्म ४ हजार ६३३ जनाको मृत्यु भईसकेको छ भने ८२ हजार ९१८ जनालाई संक्रमण भएको छ ।

त्यहाँ आज मात्रै १७ जना नयाँ संक्रमित थपिएका छन् भने ९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । चीनमा अहिलेसम्म ७८ हजार १४४ जनाक स्वास्थ्योपचार पछि निको भएका छन् ।

एजेन्सीको सहयोगमा

फेरी नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि, १२० पुगे संक्रमित

कपिलवस्तुमा मात्रै १५ जना कोरोना संक्रमित

कोरोनाको पछिल्लो अपडेट स् के छ विश्वमा महामारीको अवस्था ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?