रावणले आफ्नो अन्तिम समयमा लक्ष्मणलाई दिएका यी तीन ज्ञान !

काठमाडौं । रावणको नाम सुन्ने बित्तिकै सबै डराउँछन् । तर सत्य यो हो कि, रावण जस्तो ज्ञानी मानिस यो संसारमा त्यो बेला सायदै थिए । रावण जब आफ्नो अन्तिम क्षणमा थिए, त्यसबेला भगवान श्रीरामले आफ्ना भाइर्रु लक्ष्मणलाई रावणसँग गएर नीति, राजनीति र शक्ति विद्या ग्रहण गर्न आज्ञा दिएका थिए ।

१. सबैभन्दा पहिला रावणले लक्ष्मणलाई सबैभन्दा पहिला शुभ कार्य गरिहाल्नुर्ने बताएका थिए । साथै अशुभ काम जति सकिन्छ धकेल्दै जानुपर्दछ । रावणले लक्ष्मणलाई भगवान श्रीरामलाई चिन्न आफूले ढिला गरेको बताएका थिए ।

२. साथै रावणले लक्ष्मणलाई आफ्नो दोश्रो ज्ञानका रुपमा आफ्नो प्रतिद्वन्दीलाई कहिल्यै पनि आफूभन्दा कमजोर ठान्नु नहुने बताएका थिए । रावणले लक्ष्मणसँग भने, मैले यो भुल गरेको थिएँ कि, भगवान श्रीरामलाई सानो ठाने ।

मैले उहाँलाई मामुली मानिस सोचेँ, मैले जसलाई सामान्य मानिस सोचेँ, उनले मेरा पूरा सैनिक नष्ट गरिदिनुभयो । उनले भने, मैले जब व्रह्माजीसँग अमर हुने वरदान मागेको थिएँ,त्यो बेला मानिस र बाँदरका साथै अन्य कसैले वध गर्न नसकोस् भन्ने वरदान दिएका थिए । तर मैले बाँदरलाई तुच्छ सोचेको थिएँ । यो नै मेरो ठूलो गल्ती भयो ।

३. रावणले तेश्रो कुरा लक्ष्मणलाई आफ्नो जीवनमा कुनै पनि रहस्य सानो हेस् वा ठूलो कसैलाई बताउन नहुने बताएका थिए । उनले भने यो विषयमा पनि म चुकेँ । किनभने विभिषण मेरो मृत्युको राज जान्दथे । यो नै मेरो जीवनको सबैभन्दा ठूलो गल्ती थियो । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?