काठमाडौँ, २९ माघ- नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच आज बिहान ‘वान टु वान’ वार्ता भएको छ ललितपुरको एक घरमा भएको वार्ता बिहान १० बजेदेखि ३ घण्टासमम्म चलेको थियो । वार्ता सकारात्मक भएको प्रचण्डको सचिवालयले जनाएको छ वार्ता राजनीतिक परिस्थिति र पार्टी एकताबारे भएको थियो । आजको वार्ता पार्टी एकता प्रक्रियालाई टुङगोमा पुर्याउने बिषयमा सकारात्मक रहेको बताइएको छ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चितवनमा केहीदिन अघि देशलाई आवश्यक परे नयाँ फड्को मार्नसक्ने बताएपछि नेपाली राजनीतिमा एक तरंग पैदा भएको थियो चितवनमा बोलिएको सो बिषयपछि एमालेलाई बिषय चाँडो टुङ्याउन दबाब परेको आँकलन गर्न सकिन्छ एमालेका केही नेताहरुले पार्टी एकतापछि बन्ने नयाँ पार्टीको अध्यक्ष र प्रधानमन्त्री केपी ओली नै बन्ने बताउँदै आएका थिए । यही बेला माओवादी अध्यक्ष प्रचण्डको उक्त अभिव्यक्ति आएपछि हलचल मच्चिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया