एजेन्सी– मुसुरोको दालको पाउडरमा दूध मिसाएर लेप लगाउनाले चाया, पोतो कम हुँदै जान्छ – कान्तिहिन, पहेँलो र निलो छालामा दूध र कागतीको रस मिसाएर धुने गर्नाले अनुहार उज्यालो बन्छ – सुक्खा छाला भएमा केराको गुदीमा मह र क्रिम मिसाएर फेस प्याक लगाउनाले फाइदा गर्छ – चिल्लो छाला भएमा महीले सफ गर्नाले चिल्लोपन कम हुन्छ – जौके पिठोमा केराको वा मेवाको गुदी र दूध मिसाएर लगाउनाले अनुहारको छाला चाउरिरहित हुन्छ – नौनीमा अलिकति बेसार र कागतीको रस मिसाएर लगाउनाले छालालाई चिल्लो, नरम बनाउनुका साथै घामबाट डढेका छालालाई पनि शीतलता प्रदान गर्छ – दूध र मह मिसाएर हल्का तातो बनाई शरीरमा लगाउनाले छाला मुलायम र चम्किलो हुन्छ – मेकअप हटाउँदा दूध वा क्रिमको प्रयोग गर्न सकिन्छ – दूधले अनुहारमा मालिस गरी मनतातो पानीले धुने गर्नाल्े छालामा लाली चढ्छ – मख्खन वा घिउ फुटेको भागमा लगाउनाले निको हुँदै जान्छ – ठूलो बदामको पाउडर र दूधको मिश्रण लगाउनाले आँखा वरिपरिको कालो कम हुन्छ – ओठ फुटेमा गुलाबको फूल पिसेर मह र दूधसँग मिसाएर लगाउनाले नरम र रातो ओठ बन्छ – पिठोको चोकर र दूध मिर्सार स्क्रब पारेर शरीरमा मल्नाले कृत छाला हटेर नरम र सफ बन्छ – फेस प्याक पुछदा दूधको प्रयोग गरेर हटाउन सकिन्छ– दूध र मेथीको लेपले कपाल झर्न रोक्छ – अमिलो दहीको प्रयोगबाट कपाल र छालाको चिल्लोपन हट्छ – भान्सामा काम गर्दा नौनी र घिउ अलिकति हातमा दल्दा हात फुट्दैन । नङलाई पनि बलियो बनाउँछ – दूध र दूधजन्य पदार्थको प्रयोगबाट छाला र कपाललाई सफा राख्न, पोषण गर्न, सुरक्षा र सौन्दर्य वृद्धि गर्न मद्दत मिल्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया