नेपालमा पहिलोपटक पत्रकारमा कोरोना संक्रमण, शंका लागेर जँचाएका थिए

काठमाडौं । वीरगञ्ज २ जना पत्रकारलाई कोरोना संक्रमण भएपछि एउटा गम्भिर प्रश्न उठेको छ । त्यो हो उनीहरुमा संक्रमण पुष्टि भए क-कसलाई परीक्षण गर्ने ? के यो सम्भव छ त ?
आज ५७ जनामा कोरोना संक्रमण पुष्टि भएकोमध्ये २ जना पत्रकार पनि संक्रमित भएको बुझिएको छ । प्रदेश नम्बर २ को पर्सामा कोरोनाभाइरस संक्रमितको संख्या ६४ जना पुगेको छ । आज मंगलबार मात्रै पर्सामा कोरोना भाइरस संक्रमित ३९ जना थपिएसँगै संक्रमितको संख्या ६४ पुगेको हो । यसअघि छपकैयामा भेटिएका मध्ये १८ जना एकै परिवारका सदस्य भएको पाइएको थियो ।

कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जनामा कोरोना संक्रमण भएको छ । आज थपिएका ५७ जना सबै पुरुष रहेको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो विवरणसँगै नेपालमा १ सय ९१ जनामा कोरोना पुष्टि भएको छ । भने हालसम्म ३३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । संक्रमित पत्रकारहरु फिल्ड रिर्पोटिङमा क्रियाशील पत्रकार रहेको बुझिएको छ ।

क्रियाशिल ३९ जनामध्ये दुई जना पत्रकार सम्पर्कमा आएको नारायणी अस्पतालले जनाएको छ। अब उनीहरु रिर्पोटिङको लागि कहाँ कहाँ पुगेका थिए भन्ने बारेमा जानकारी लिईदैछ । नेपालमा पत्रकारमा संक्रमण देखिएको यो पहिलो पटक हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा पुष्टि भएका ५७ जना कोरोना संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

अरु पत्रकारको स्वास्थ्यमाथि उब्जियो प्रश्न

केहि दिनअघि मात्र प्रहरीले पर्साका पत्रकारमाथि दुर्व्यवहार र दमन गरेको भन्दै पर्साका पत्रकारले आन्दोलन गरेका थिए ।

वीरगन्जको सामुदायिक रेडियो नारायणी एफएम र नयाँ पत्रिका दैनिकमा कार्यरत पत्रकारले स्टेशनको गेट छेउकै सडकपेटीमा मोटरसाइकल पार्किङ गरिराखेको भन्दै दुई वटा भ्यानमा आएका प्रहरीले पक्राउ गरेर ३ घण्टासम्म भ्यानमा राखेको भन्दै स्थानीय पत्रकारहरु आन्दोलित बनेका थिए ।

गत सोमवार आन्दोलित सबै पत्रकारको भोली (बुधवार) स्वाब परिक्षण गर्ने बताइएको छ । आन्दोलनमा आज भेटिएका संक्रमितसँगै ठूलो हुलमुलमा रहेका सञ्चारकर्मी, सुरक्षाकर्मी लगायत आन्दोलनमा उपस्थित सबैको स्वास्थ्यमा गम्भीर प्रश्न उब्जिएको छ ।

उनलाई दुर्व्यवहार गरेको भन्दै पत्रकार महासंघ पर्साले आन्दोलन गरेको थियो । उक्त आन्दोलनमा आज संक्रमण पुष्टि भएका दुई पत्रकारहरु सहभागी बनेको बताईएको छ । आन्दोलनको उक्त हुलमा आज कोरोना संक्रमण पोजेटिभ पत्रकारहरु रहेको पुष्टि भएपछि वीरगञ्जमा कोरोनाको त्रास बढेको भएको छ । कोरोना संक्रमणबाट हालसम्म विश्वभर ५५ जना पत्रकारको मृत्यु भइसकेको छ ।

पिइसीले दिएको जानकारी अनुसार मार्च १ पछि विभिन्न २३ मुलुकका ५५ सञ्चारकर्मीमा संक्रमण भेटिएको थियो त्यसपछि प्रेस अभियानले सञ्चारकर्मीलाई रिपोर्टिङमा खटिँदा अनिवार्य सुरक्षा सतर्कताका न्यूनतम पोषाकको प्रवन्ध गर्न आह्वान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?