बारामा अनिश्चितकालिन ‘कर्फ्यू’ जारी, सबै पास खारेज !

काठमाडौं । कोरोना संक्रमितको संख्यामा तीव्र वृद्धि भएसँगै जिल्ला प्रशासन कार्यालय बाराले निषेधाज्ञा जारी गरेको छ ।

मंगलवार बसेको ‘क्राइसिस मेनेजमेन्ट सेन्टर’को बैठकले महामारीको प्रकोपलाई मध्यनजर गर्दै पर्साको वीरगञ्जबाट बारा जिल्लामा सञ्चालन हुने सवारी साधन पूर्ण रुपमा बन्देज लगाउने निर्णय गरेको हो ।

महामारीको जोखिममा ध्यान दिँदै स्थानीय प्रशासनबाट जारी भएका गम्भीर बिरामी प्रयोजन बाहेकका हस्तलिखित तथा ई-पास समेत भोलिदेखि खारेज गर्ने निर्णय भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख कृष्ण पंगेनीले लोकपथलाई जानकारी दिए ।

साथै आजको बैठकले भारतसँग सीमा नाका जोडिएका ठाउँहरुबाट आवात जावतमा पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।

आज मात्रै नेपालमा थप ७४ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै नेपालमा जम्मा कोरोना संक्रमितको संख्या २०८ पुगेको छ ।

बढेको बढ्यै कोरोना संक्रमित, सबै सवारी पास रद्ध !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?