काठमाडौं । चीनले सगरमाथाको चुचुरोमा पुग्न तिब्बततर्फबाट बाटो बनाइरहेको छ । उसले सगरमाथाको चुचुरोसम्म पुग्ने बाटो बनाउने मिसनलाई गति दिँदै निर्माण सामाग्री समेत लगिरेहेको चाइना डेलीले जनाएको छ ।
चिनियाँ पत्रिका चाइना डेलीको अनलाइन संस्करणले मे ११ मा आज बाटो निर्माण टोलीले आज काम गर्ने भन्दै तस्वीरसहित समाचार प्रकाशित गरेको छ । मौसमले साथ दिएमा आज काम थाल्ने उसले उल्लेख गरेको छ ।
मे ११ आइतवारको दिन ६५०० मिटर उचाईबाट बाटो निर्माण र सामान ढुवानीको टोली ७०२८ मिटरमा अवस्थित क्याम्पमा पुगेको उल्लेख छ । १२ जनाको टोली ७०२८ मिटरबाट अगाडि बढ्ने चाइना डेलीले जनाएको छ ।
चीनले ३० अप्रिलबाट सगरमाथाको उचाई नाप्न नयाँ चरणको कामा शुरु गरेको थियो । उसले सगरमाथालाई चोमोलोङमा भन्ने गरेको छ । यसअघि सन् १९७५ मा नाप्दा सगरमाथाको उचाई ८८८४.१३ मिटर निस्किएको थियो । सन् २००५ मा नाप्दा ८८४४.४३ मिटर निस्कएको थियो । तर, विश्वले चीनको सगरमाथा नापेर निस्किएको नापलाई मान्यता दिएको छैन ।
केहिदिन अघि मात्रै चिनियाँ राष्ट्रिय टेलिभिजन चाइना ग्लोबलले ट्वीटर पेजमा सगरमाथाको तस्वीर सहित सगरमाथा चीनमा पर्छ भनेर प्रचार गरेको थियो । पछि चौतर्फी बिरोध भएपछि सच्याएर ‘चीन(नेपालमा सीमा’ मा पर्छ भनी उल्लेख गरेको छ ।
सगरमाथाको तस्वीरहरु राखेर चिनियाँ राष्ट्रिय टेलिभिजन चाइना ग्लोवल टेलिभिजन नेटवर्कले सगरमाथा चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेको भन्दै प्रचारप्रसार गरेपछि सर्वत्र आलोचना भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया