एक सय फरार अभियुक्त पक्राउ

त्रिशूली, नुवाकोट, २९ माघ – विभिन्न अपराधमा संलग्न भएर जिल्ला अदालतबाट मुद्दा फैसला भई कैद र जरिवाना भुक्तान नगरी फरार रहेकालाई पक्राउ गर्ने अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालयले एक महिनामा १०० जनालाई पक्राउ गरेको छ प्रहरीले गत पुस २८ गतेदेखि यही माघ २८ गतेसम्म १०२ फरारलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदातलमा बुझाएको प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो । प्रहरीलेसबैभन्दा कम रु १२ देखि सबैभन्दा बढी रु ३६ हजार २३० सम्म जरिवाना असुली गरेको छ भने कैद असुलतर्फ नौ दिनदेखि १० वर्षसम्म छ साविक राउतबेंसी गाविस–८ का वीरबहादुर तामाङलाई गौवध अभियोग प्रमाणित भई रु १२ तथा थानसिङ–९ का रामचन्द्र थापालाई वन फँडानी मुद्दामा रु ३६ हजार २३० जरिवाना फैसला भएको थियो । तिनीहरु पक्राउ परेका छन् । यस्तै नौ दिन कैदको फैसला भएका ज्यान मुद्दामा दुईपीपलका हरिबहादुर नेपाल पक्राउ परेका छन् । मानव बेचबिखन मुद्दामा विसं २०४२ पुस ४ गते १० वर्ष कैद फैसला भएका पञ्चकन्या गाउँपालिका–४ आरुखर्कका भीमबहादुर तामाङलाई प्रहरीले आइतबार पक्राउ गरी कैद भुक्तानका लागि अदालत पठाएको छ प्रहरीले सो अवधिमा ३० वर्ष १० महिना २८ दिन कैद र रु चार लाख २३ हजार ३२ पैसा जरिवाना असुल गराउन सफल भइएको जनाएको छ । अदालतबाट फैसला भई फरार भएकालाई पक्राउ गरी कानूनी दायरामा ल्याउने अभियानलाई अझै तीव्रता दिइने प्रहरी उपरीक्षक कुँवरले बताउनुभयो बलात्कार अभियुक्त पक्राउतेह्र वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा विदुर नपा–९ लामाटारका ५५ वर्षीय गोपी सुनारलाई प्रहरीले पक्राउ गरेको छ किशोरीलाई ललाइफकाई पटक पटक र पछिल्लो पटक माघ २५ गते बलात्कार गरेको पीडित पक्षको उजुरीका आधारमा अभियुक्त सुनारलाई आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?