काठमाडौं । एनएमबी बैंक लिमिटेडले ग्राहकहरुलाई खाता खोल्नको लागि बैंकमा जाने झण्झटबाट मुक्त गराएको छ ।
नेपाली वित्तीय क्षेत्रमै पहिलो पटक एनएमबिमा भाइबर तथा फेसबुक म्यासेन्जरबाटै खाता खोल्ने योजना सफलतापूर्वक सञ्चालनमा ल्याएको छ । एनएमबि बैंकले अब घरमै बसी भाइबरमा च्याट गरेर पनि खातारमुद्दती निक्षेप खोल्न सकिने सेवा प्रस्तुत गरेको छ ।
वर्तमान प्रतिकुल परिस्थितिमा पनि अतुलनीय सहजता, उच्चप्रतिफल र असिमित सुरक्षाको सुनिश्चितताको साथ ग्राहकवर्गको लागी अनुपम सुविधाले भरिपूर्ण छरितो वित्तीय सुविधाहरु बैंकले पस्किएको जनाएको छ ।
“डिजिटल बैंकिङ्ग सेवाको क्षितिज अभिवृद्धि गर्दै ग्राहकवर्गलाई सहजता प्रदान गर्नु बैंकको प्राथमिकता रहेको छ र हामी घरबाटै आरामपूर्वक बैंकिङ्ग गतिविधिहरु रोज्न सक्ने उपयूक्त माध्यम निर्माण गर्ने कार्य दिशातर्फ उन्मुख छौं । आफ्ना मूल्यवान ग्राहकवर्गलाई बैंकिङ्ग अनुभवहरु पुरस्कृत भएको महसुस गर्न भाइबरकैे प्रयोगले खाता/मुद्दती निक्षेप खोल्ने नवीनतम र सुविधाजनक सेवाहरु ल्याईएको हो । हालको परिप्रेक्ष्यमा यो सेवाको सुरुवात गर्नु सुरक्षाको मामलामा कुनै सम्झौता बिना ग्राहकवर्गलाई वित्तीय कारोवारहरु सम्पादन गर्न सहयोग पु-याउने एक महत्वपूर्ण योजना हो” बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया