ललितपुर । ललितपुरस्थित पुल्चोकमा रहेको निदान र आरोग्य अस्पताल सील गरिएको छ । अस्पतालमा परीक्षण गराउन आएकी एक महिलामा कोरोना संक्रमणको पुष्टि भएपछि दुबै अस्पताल सील गरिएको हो ।
सुनसरीबाट काठमाडौं आएकी एक महिला अस्पतालमा कोरोना परीक्षण गराउन पुगेकी थिइन् ।
निदान अस्पतालबाट स्वाब लिएर टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब परीक्षण गराउन पुगेकी थिइन् । उनलाई भक्तपुर लिन गएको एम्बुलेन्सका ड्राइभर र अस्पतालका एक अन्य कर्मचारीको पनि स्वाब परिक्षण गरिने बताइएको छ ।
यस अघि मंगलवार काठमाडौंमा एक र भक्तपुरमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । लकडाउन खुकुलो हुँदै जाँदा संक्रमित बढीरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया