बाँकेपछि कपिलवस्तुमा थपिए अर्का कोरोना संक्रमित

काठमाडौं । कपिलबस्तुमा कोरोना भाइरस संक्रमितको संख्या ३० पुगेको छ । बुधबार एक संक्रमित थपिएसँगै कपिलबस्तुमा कोरोना संक्रमितको संख्या ३० पुगेको हो ।

स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थय प्रयोगशालामा गरिएको परीक्षणमा गरिएको परीक्षण्मा कपिलबस्तुको कविलबस्तु नगरपालिका ५ का २२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो।

उनको हाल स्वास्थ्य अवस्था सामान्य रहेको र उनी चिकित्सकको सम्पर्कमै रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?