काठमाडौं । कपिलवस्तुमा थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या २१९ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षणमा कपिलवस्तु नगरपालिका ५ का २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको र संक्रमित चिकित्सकको निगराीमा रहेका छन् ।
यसैबीच कपिलवस्तुमा मात्रै कोरोना भाइरस संक्रमितको संख्या ३० पुगेको छ । बुधवार एक संक्रमित थपिएसँगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ३० पुगेको हो ।
यस अघि वैशाख ३० गते मंगलवार पनि कपिलवस्तुका ८ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो ।
त्यस्तै वैशाख २९ गते सोमवार साँझमा पनि कपिलवस्तुको यशोधरा गाउँपालिका ८ वुद्धभूमीका नगरपालिका ७ निवासी १५,१९,२३,३०,३२ र ३८ वर्षका पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको थियो ।
त्यस्तै वैशाख २९ गते विहान पनि कपिलवस्तु यशोधरा गाउँपालिका ५ र वुद्धभूमी ७ र १० का १८,१९,२०,२०,२४,३०,३१,३४,३४ वर्षका पुरुषहरु र एक उमेर नखुलेका पुरुषमा कोरोको संक्रमण पुष्टि भएको थियो ।
त्यस्तै वैशाख २७ गते (शनिवार) विहान पनि कपिलवस्तुका १७, १८ र १८ वर्षका पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यस्तै वैशाख २५ गते (बिहीवार) पनि कपिलवस्तु ८ निवासी १६ र २२ वर्षका पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया