काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्। बुधबार साढे ४ बजेलाई प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएको प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाईले जानकारी दिएका छन् ।
बजगाईका अनुसार भारतले लिपुलेक–कालापानीमा नेपाली भूभाग अतिक्रमण गरी सडक बनाएपछि छलफल गर्न प्रधानमन्त्री ओलीले बालुवाटारमा सर्वदलीय बैठक बोलाएका हुन् ।
नेपालका तर्फबाट एकीकृत धारणा बनाउनका लागि बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दल, पूर्वप्रधानमन्त्री, सीमाविद्लाई बोलाइएको छ।
भारतले नेपालको भूमि लिपुलेक हुँदै चीनको मानसरोवर जान सडक गत शुक्रवार उद्घाटन गरेको थियो।
यसैबीच बैठकमा ३ दिनअघिदेखि खुकुलो पारिएको लकडाउन, बढ्दो कोरोना संक्रमित र यसको नियन्त्रणका विषय पनि बैठकमा छलफल गरिने बताइएको छ ।
यसअघि प्रकाशित :
बाँकेपछि कपिलवस्तुमा थपिए अर्का कोरोना संक्रमित
नेपालमा थप एक जनामा कोरोना पुष्टि, धुलिखेलमा गरिएको थियो जाँच
संक्रमित भेटिएपछि ललितपुरको निदान र आरोग्य अस्पताल ‘सील’
जनकपुरका पत्रकारमा पनि देखियो कोरोना
कोरोना संक्रमित भेटिएपछि भक्तपुरमा त्रास, थालियो कन्ट्याक ट्रेसिङ
प्रधानमन्त्री रिसाएपछि नाका निरिक्षणका लागि गृहको टोली नागढुङ्गामा
सवारी पासको विषयमा काठमाडौं जिल्ला प्रशासनले निकाल्यो यस्तो सूचना
कोरोनाको प्रकोप : यस्तो छ विश्वमा महामारीको ताजा अवस्था
नेपालमा एकैदिन ७४ जनामा कोरोना भेटियो, फेरि थपिए १७ जना
बारामा अनिश्चितकालिन ‘कर्फ्यू’ जारी, सबै पास खारेज !
बढेको बढ्यै कोरोना संक्रमित, सबै सवारी पास रद्ध !
गृहमन्त्रालयको ‘बोल्ड’ निर्णय : अब एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया