काठमाडौं । वीरगन्जस्थित नारायणी अस्पतालबाट दुई जना कोरोनाभाइरस संक्रमित फरार भएका छन् ।
अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका दुई जना बुधबार फरार भएका हुन् ।
अस्पतालको आइसोलेसन कक्षबाट दुईजना संक्रमित फरार भएको अस्पताल स्रोतले जनाएको छ ।
हालसम्म नेपालमा २ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । भने ३५ जना उपचारपछि निको भइ घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया