काठमाडौं । सपना हामी अधिकांशले देखेका नै छौँ होला ।
देखिएका सपनाहरु केहि याद हुन्छन् त केहि याद रहँदैनन् । तर के तपाईलाई स्वप्न शास्त्रमा कस्ता सपनालाई शुभ मानिन्छ भन्ने कुरा थाहा छ ? यदि छैन भने आज हामी तपाईलाई यी ७ शुभ सपनाको बारेमा जानकारी दिनेछौँ ।
१. सुगा
यदि तपाईले सपनामा कहिल्यै सुगा देख्नुभयो भने यो एकदमै राम्रो शुभ संकेत हो । त्यस्तै स्वप्न शास्त्रका अनुसार सपनामा सुगा देख्नु भनेको तपाईले केहि समयमै धन प्राप्त गर्न सक्नुहुनेछ ।
२. छेपारो
त्यस्तै स्वप्न शास्त्रका अनुसार सपनामा छेपारो देख्नुलाई पनि शुभ संकेत मान्ने गरिन्छ । छेपारो देख्दा पनि धन प्राप्त हुन्छ ।
३. आत्महत्या गरेको देख्नु
सपनामा स्वयं नै आत्महत्या गरिरहेको देख्नुभयो भने सोच्नुस् तपाईको उमेर बढेसँगै धन अत्याधिक प्राप्त हुनेछ ।
४. घर निर्माण भईरहेको देख्नु
सपनामा घर निर्माण भईरहेको देख्नु भनेको आर्थिक लाभ हुने संकेत हो । घर, महल, अपार्टमेन्ट आदि निर्माण गरिरहेको सपना देख्नु स्वप्नशास्त्रका अनुसार शुभ मानिन्छ ।
५. सपनामा आफूलाई आर्थिक स्थिति कमजोर भएको देख्नु
सपनामा आफू आर्थिक स्थिति कमजोर भएको व्यक्ति जस्तो देखिनु भयो भने यो पनि शुभ संकेत हो । यस्तो सपनाले पनि स्वप्नशास्त्रका अनुसार धन लाभ हुन सक्छ ।
६. सपनामा सर्प देख्नु
सपनामा सर्प देख्नु भनेको स्वप्न शास्त्रका अनुसार सरकारी क्षेत्रमा लाभ हुनु हो । साथै यसको मतलव धन प्राप्ति हुनु पनि हो ।
७. स्वप्नमा गुलाव देख्नु
स्वप्नशास्त्रका अनुसार यदि सपनामा गुलाव देखियो भने यो पनि शुभ संकेत मानिएको छ । यसले तपाईको मनोकामना पूरा हुन्छ, साथै रोकिएको धन फिर्ता पाइन्छ । एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया