१ बल बाँकी हुँदा नेपालले यसरी हरायो केन्यालाई

काठमाडौँ, २९ माघ – अन्तिम ओभरको एक बल बाँकी हुँदा नेपालले केन्यालाई हराएको छ । नामिवियामा जारी आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुई अन्तर्गत आज भएको खेलमा नेपालले केन्याविरुद्ध ३ विकेटको रोमाञ्चक जित निकालेको हो केन्याले दिएको १७८ रनको चुनौती नेपालले ४९.५ ओभरमा ७ विकेट खर्चेर पुरा गर्यो नेपालको जीतका लागि रोहितकुमार पौडेल र आरिफ शेखको उत्कृष्ट साझेदारी रह्यो रोहितले ४७ रन बनाए भने आरिफले ४२ रनको योगदान दिए यस्तै कप्तान पारस खड्काले ४२ रनको योगदान दिँदा शरद भेषवाकरले १९ रनको योगदान दिए । अन्य ब्याट्सम्यानले भने दोहोरो अंक छुन सकेनन् केन्याविरुद्धको जीतसँगै नेपालले विश्वकप छनोट खेल्ने सम्भावना जिवितै राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?