काठमाडौं । मकवानपुरमा नयाँ कोरोना संक्रमित भेटिएका छन् ।
आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षणमा मकवानपुर निवासी ३७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
उनीसँगै भेरी अस्पताल नेपालगञ्जमा गरिएको स्वाब परिक्षणमा बाँके नैनापुर, १, ३ र ५ निवासी वर्ष १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षीय पुरुषहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।
आज थपिएका ९ जना संक्रमितसहित नेपालमा जम्मा कोरोना संक्रमितको संख्या २५८ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया