काठमाडौं । प्रदेश नं ५ मा कोरोना भाइरसका बिरामीहरु बढेसँगै त्यहाँका आइसोलेसन वार्डहरु भरिएका छन् ।
प्रदेश नं ५ अन्तर्गत हाल रुपन्देहीको धागो कारखानामा ३६ जना, भैरहवाको भीम अस्पतालमा १९, कपिलबस्तु जिल्ला अस्पतालमा एक, बाँके खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा २६ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।
कोरोना भाइरस संक्रमितका लागि भन्दै तयार पारिएका आइसोलेसन वार्डहरु भरिइसकेको र बाहिर पठाउने तयारी तयारी भइरहेको प्रदेशको स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले बताए ।
चौधरीका अनुसार हालसम्म कपिलबस्तुको कृष्णनगरमा रहेका ८ जना संक्रमितहरु मध्ये पाँच जनालाई दाङ पठाउने तयारी भइरहेको छ ।
उनीहरुलाई हिजो मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै, चार जनालाई भैरहवास्थित भीम अस्पतालमा ल्याउने तयारी भइरहेको उनले बताए ।
आज नै बाँकेको नैनापुरका ८ जनालाई कोरोना संक्रमण देखिएको छ । उनीहरुको व्यवस्थापनमा समेत समस्या देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया