लकडाउनबाट समस्यामा परेका नागरिकलाई सरकारी संयन्त्रबाट राहत दिइने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले लकडाउनबाट समस्यामा परेका नागरिकहरुलाई सरकारी संयन्त्रबाट खाद्यन्न, औषधि तथा अन्य सुविधाको व्यवस्था गरिने बताएकी छिन् ।

गत आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा उनले यस्तो बताएकी हुन् । साथै लकडाउनबाट असर पर्न गएका उद्योग व्यवसायलाई सौलियत प्रदान गरिने पनि राष्ट्रपति भण्डारीले बताइन् ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस र त्यसबाट परेको असरलाई मध्यनजर गर्दै विभिन्न कार्यक्रमहरु ल्याइने पनि नीति तथा कार्यक्रममा उल्लेख रहेको छ ।

लकडाउनका कारण रोजगारी गुमाएका तथा गरिबहरुलाई स्थानिय तहको पहलमा राहत अपलब्ध गराइने पनि राष्ट्रपति भण्डारीले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?