‘आगामी आवमा आन्तरिक स्रोत परिचालनमा प्राथमिकता दिइने’

काठमाडौं । आगामी आर्थिक वर्षमा आन्तरिक स्रोत तथा साधनको परिचालनलाई प्राथमिकता दिइने भएको छ । कोरोनाले विश्व आक्रान्त भएको यस अवस्थामा छिमेकी राष्ट्र तथा विकास साझेदार राष्ट्रहरुले सहयोग गर्न नसक्ने अवस्थामा सरकारले आन्तरिक स्रोतलाई प्रोत्साहन गर्न लागेको हो ।

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले आन्तरिक स्रोत परिचालनमा जोड दिएर अघि बढ्ने बताइन । त्यस्तै कोरोनाको कारण विकास निर्माणका कामलाइ पनि जोड दिइने नीति तथा कार्यक्रममा उल्लेख रहेको छ । यस अवस्थामा पनि राष्ट्रिय सन्तुलित विकासका लागि राष्ट्रिय स्तरका आयोजनाहरु तोकिएको लागत तथा तोकिएको समयमा निर्माणमा जोड दिइने बताइन् । त्यस्तै सरकारले लिएको लक्ष्य हासिँल गर्नका लागि फजुल खर्च कटौती गरिने समेत बताइएको छ ।

साथै महामारीका अनपेक्षित बढ्न गएमा सरकारी स्रोत साधन परिचालनमा समेत जोड दिइने बताइएको छ ।
साथै यस्तो अवस्थामा पनि सरकारले राष्ट्रलाइृ समृद्ध गर्नका लागि प्रतिवद्ध भएको पनि राष्ट्रपति भण्डारीले बताएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?