‘लिपुलेकमा खनिएको बाटोबारे विवाद छैन, नेपाललाई अरु कसैले उचाल्यो’

काठमाडौं । भारतले लिपुलेकमा खनिएको बाटोबारे कुनै विवाद नरहेको बताएको छ। उसले यो मुद्दामा नेपाललाई अरु कुनै देशले उचालेको पनि दावी गरेको छ ।

भारतीय सेना प्रमुख मनोज नरभानेले नेपालले लिपुलेकको मुद्दा अरु कुनै मुलुकको इशारामा उचालेको आरोप लगाएका हुन् । उनले लिपुलेक नेपालकै भूमि भएको दावी समेत गरेका छन् ।

सरकारले लिपुलेक र कालापानी आफ्नो भूमि भएको भन्दै शुक्रबार ल्याएको नीति तथा कार्यक्रममा सो भू-भागसहितको नक्सा जारी गने भएको बेला भारतबाट भने यस्तो धारणा आएको हो ।

शुक्रबार नै एक कार्यक्रममा बोल्दै सेना प्रमुख मनोजले भारतीय तीर्थयात्रीका लागि खनिएको उक्त बाटोमा कुनै पनि विवाद नरहेको पनि बताएका छन् ।

उनले नेपाललाई कसले उचालेको भन्नेबारे भने केही खुलाएका छैनन् ।

नरभानेलेनेपालले आफ्नो भूभाग महाकाली नदीको पूर्वतर्फ भएको बताउँदै आएको र भारतले अहिले निर्माण गरेको सडक नदीको पश्चिमतर्फ रहेको दाबी गरेका छन् । यस्तोमा विवाद निकाल्नुपर्ने कुनै पनि कुनै कारण नरहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?