काठमाडौंमा फेरी देखियो कोरोना संक्रमण

काठमाडौं । काठमाडौंमा फेरी कोरोना संक्रमण देखिएको छ । शुक्रवार साँझ काठमाडौं सतुंगल निवासी ७ वर्षीय बालकमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीसँगै अन्य ९ जनामा समेत कोरोना संक्रमण देखिएको छ ।

कोरोना संक्रमित हुनेमा पर्सा वीरगञ्ज निवासी ९ र १० वर्षीय बालक तथा २३ र ४७ वर्षीया महिलाहरु, उदयपुर त्रियुगा नगरपालिका निवासी २५ वर्षीय पुरुष, दाङका २३, ३६ र ३४ वर्षीय पुरुषहरु रहेका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणका क्रममा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार उनीहरुको अवस्था सामान्य रहेको र चिकित्सकहरुको निगरानीमा रहेका छन् ।

त्यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ६७ पुगेको छ । भने हालसम्म ३६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?