काठमाडौं । बेलायतमा कोरोना भाइरसको महामारीबाट मृत्यु भएकाहरुको रिसर्चमा शोधकर्ताहरुले ६५ वर्ष भन्दा कम उमेरका मानिसहरुमा कोरोना भाइरसको संक्रमण खतरा ३४ गुणा कम रहेको पाइएको बताएका छन् ।
बेलायतको नेशनल स्ट्याटिसटिक्सले आफ्नो रिसर्चमा दाबी गरेको छ कि, कोरोनाबाट मृत्यु हुनेहरु धेरै जसो ६५ वर्ष भन्दा माथिको उमेरका रहेका छन् ।
बेलायतमा यस उमेरका मानिसहरुको मृत्यु ३० हजार ९७८ भन्दा धेरै रहेका छन् । त्यस्तै बेलायतमा अहिलेसम्म कोरोना भाइरसको महामारीबाट ३३ हजार ९९८ जनाको मृत्यु भईसकेको छ । तर एउटा कुरा यो पनि रहेको छ कि, वास्तविक मृतकको आँकडा यो भन्दा धेरै पनि हुन सक्दछ ।
किनभने अस्पताल भन्दा बाहिर मृत्यु भएकाहरुको काउण्ट गरिएको छैन । उक्त गनिएकाहरु मध्ये ६५ वर्ष भन्दा कम उमेरका मानिसहरु मृत्यु १२ प्रतिशत मात्र रहेको सोधले बताएको छ ।
६५ वर्ष भन्दा कम उमेरका ४ हजार ६६ जनाको मात्र मृत्यु भएको शोधले बताएको छ । ६५ वर्षको उमेर भन्दा माथिका १ लाख संक्रमित मध्ये २८६ जनाको मृत्यु भएको छ ।
यो संख्या ६५ वर्षका संक्रमितहरुको मृत्यु भन्दा ३४ गुणाले धेरै हो । मृतकहरुको आँकडाको विश्लेषण गर्दा शोधकर्ताहरुले ४५ वर्ष उमेर भन्दा कमका संक्रमितहरु बेलायतमा जम्मा ४१० जनाको मात्र मृत्यु भएको छ ।
४५ वर्ष उमेरको हिसाबमा प्रति एक लाख संक्रमितमा १ जनाको मात्र मृत्यु भएको छ ।
यो भन्दा पहिलाको एक रिसर्चमा अल्पसंख्यक समुदायमा धेरै मृत्यु भईरहेको शोधकर्ताहरुले बताएका थिए । तर एक अन्य रिसर्चले कोरोनाबाट महिलाको तुलनामा पुरुषहरुको धेरै मृत्यु भएको दाबी गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया