काठमाडौं । कपिलवस्तुका थप ३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमित हुनेहरुमा कपिलवस्तु शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, ३४ र ४४ वर्षीय पुरुषहरु रहेको रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसअघि कपिलवस्तुका अन्य कपिलवस्तु ३९ जना कोरोना संक्रमित रहेका थिए । आज थपिएका संक्रमितसँगै कपिलवस्तुमा मात्र ४२ जनामा कोरोना संक्रमण पुष्टि भएसकेको छ ।
हालसम्म नेपालका २६ जिल्लामा कोरोना भाइरसको संक्रमण देखिएको छ । भने २ सय ७६ जना मानिसमा कोरोना पुष्टि भइसकेको मन्त्रालयले जनाएको छ । त्यस्तै ३६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।
शनिवार बिहान मात्रै नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमण देखिनेमा बर्दिया नार्खु ११ निवासी २८ वर्षीया महिला, सिरहा सखुवा १९ निवासी ३० वर्षीय पुरुष, पर्सा, विरगञ्ज १२ निवासी २८, २९ वर्षीय पुरुष, सर्लाही, रामनगर ४ निवासी १८ वर्षीया महिला, चितवन, गढौली १ निवासी २५ वर्षीया महिला रहेका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।
यो पनि पढ्नुहोस्
कोरोना अपडेट : यस्तो छ विश्वमा महामारीको पछिल्लो अवस्था
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया