काठमाडौं, १ फागुन । शिवरात्रीमा गाँजा सेवन गर्ने तथा विक्री वितरण गरेको आरोपमा महानगरीय प्रहरी परिसरले ३९ जनालाई पक्राउ गरेको छ शिवजीको प्रसाद भन्दै यस्तो कार्यमा संलग्न रहेकाहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा दुई जना साधुहरु समेत रहेका छन् उनीहरुलाई महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको छ । यसैबीच, प्रहरीले तीर्थालुहरुको अत्यधिक भीड हुने पशुपति क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाएको छ भीडमा हुन सक्ने सम्भावित घटनाहरुलाई मध्यनजर गर्दै सादा पोसाकका प्रहरीसहित ४ हजार ५ सय प्रहरी परिचालन गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया