कोरोना आशंका गरिएकी महिलाको धुलिखेल अस्पतालमा निधन, अस्पताल सील

काठमाडौं । कोरोना आशंका गरिएकी सिन्धुपाल्चोककी एक महिलाको धुलिखेल अस्पतालमा निधन भएको छ ।

सिन्धुपाल्चोक बाह्रविसेकी ति महिला बिहीवार अस्पताल भर्ना हुन आएकी थिइन् । श्वास प्रश्वासमा समस्या देखिएर स्वास्थ्यमा थप जटिलता देखिएपछि भ्यान्टिलेटरमा राखेर उपचार गर्ने तयारी भइरहेको थियो । यसैक्रममा उनको शुक्रवार निधन भएको अस्पताल स्रोतले जनाएको छ ।

उनी आठ दिन अघि मात्र त्रिवि शिक्षण अस्पतालमा डेलिभरी भएर घर फर्किएकी थिइन् । कोरोना सँग मिल्दोजुल्दो रिपोर्ट आएपछि पुन धुलिखेल अस्पतालमा भर्ना गएिएको अस्पताल स्रोतले जनाएको छ ।

कोरोना संक्रमणको आशंकामा उनको पिसीआर परीक्षण गरिएको र रिपोर्ट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाएको अस्पतालले जनाएको छ । उनमा कोरोना हो वा होइन भन्ने मन्त्रालयले अपरान्ह ४ गर्ने नियमित मिडिया ब्रिफिङमा बताइने स्वास्थ्य मन्त्रालयको स्रोतले जनाएको छ ।

धुलिखेलमा अस्पतालले गरेको परीक्षणका क्रममा उनको आरडिटी र पिसीआर परीक्षणका क्रममा पोजेटिभ देखिएको र थप परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको स्रोतले जनाएको छ ।

उनको पिसीआर रिपोर्ट पोजेटिभ देखिएपछि धुलिखेल अस्पताल सील गरिएको मन्त्रालयलको स्रोतले जनाएको छ । साथै जोखिम थप नहोस भन्नका लागि उनको उपचारको क्रममा सम्पर्कमा आएका सबै स्वास्थ्यकर्मी तथा अन्यको स्वाव परीक्षण गरिएको छ ।

यो पनि

कोरोना अपडेट : यस्तो छ विश्वमा महामारीको पछिल्लो अवस्था

नेपालमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित २७६ पुगे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?