मन्त्रालयले भन्यो- धुलिखेल अस्पतालमा मृतक महिलाको रिपोर्ट आउन बाँकी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धुलिखेल अस्पतालमा मृतक महिलाको रिपोर्ट आउँन बाँकी रहेको बताएको छ ।

धुलिखेल अस्पतालमा उपचारको क्रममा सिन्धुपाल्चोक बाह्रविसेकी २९ वर्षीय महिलाको बिहीवार मृत्यु भएको थियो । उनको मृत्यु कोरोना या अन्य कारण एकिन नभइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका अनुसार उनी गत बैशाख २५ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा सुत्केरी भएर घर फर्किएकी थिइन् । स्वास्थ्यमा थप समस्या देखिएपछि काभ्रेको धुलिखेल अस्पतालमा बिहीवार भर्ना गरिएको थियो ।

उनको उपचारको क्रममा गत बिहीवार निधन भएको तर मृत्युको कारण कोरोना या अन्य एकिन नभइसकेको मन्त्रालयको नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बताए ।

हालसम्म नेपालमा कोरोनाको कारण २ सय ७८ जनामा कोरोना संक्रमण देखिएको छ । भने हालसम्म ३६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । आजै मात्र नेपालमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस् : फेरी २ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २७८ पुग्यो

टिचिङ अस्पताल ‘सील’ गर्ने तयारी, बिरामी तथा कुरुवा क्वारेन्टाइनमा
 यी २ देश जहाँ १ जना मात्र कोरोना संक्रमित छन्

कोरोना अपडेट : यस्तो छ विश्वमा महामारीको पछिल्लो अवस्था

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?