सिन्धुपाल्चोककी महिलाको अस्पताल ल्याउँदा बाटोमा भएको थियो निधन

काठमाडौं । सिन्धुपाल्चोककी महिलालाई उपचारका लागि धुलिखेल ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत बिहीवार सिन्धुपाल्चोक बाह्रविसेकी २९ वर्षीया महिलाको मृत्यु भएको थियो । उनी गत बैशाख २५ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा सुत्केरी भइ डिस्चार्ज भएर घर फर्किएकी थिइन् ।

श्वासप्रश्वास र ज्वरोले सताएकी उनलाई काभ्रेस्थित धुलिखेल अस्पताल ल्याइँदै गरेको अवस्थामा मृत्यु भएको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बताए । उनका अनुसार कोरोना आंशका गरिएपनि उनको थप रिपोर्ट परीक्षणका क्रममा रहेको र रिपोर्ट आएपछि सार्वजनिक गरिनेछ ।

आज शनिवार एकैदिन यो समाचार तयार पार्दासम्म ११ जनामा संक्रमण पुष्टि भइसकेको छ । यो सँगै हालसम्म नेपालमा २ सय ७८ जनामा कोरोना संक्रमण पुष्ट्रि भएको छ । भने ३६ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । शनिवार मात्रै नेपालमा काभ्रे, सिरहा, महोत्तरीमा गरि थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो भने काभ्रे र सिरहामा पहिलोपल्ट संक्रमित फेला परेका हुन् । संक्रमित मध्ये २ सय २४ जना पुरुष र ५४ जना महिला रहेका छन् ।

यसअघि प्रकाशित यो समाचार पढ्नुभएको थियो ?

मन्त्रालयले भन्यो- धुलिखेल अस्पतालमा मृतक महिलाको रिपोर्ट आउन बाँकी

फेरी २ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २७८ पुग्यो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?