नेपालका २७८ संक्रमितमध्ये २२४ जना पुरुष, आजै थप ११ मा संक्रमण पुष्टि (विवरणसहित)

काठमाडौं । नेपालमा आज (शनिबार) सम्म कोरोना संक्रमितको संख्या २ सय ७८ पुगेको छ । आजै शनिबार मात्र नेपालमा ११ जनामा नयाँ संक्रमि फेला परेका हुन् ।

शनिबार महोत्तरीका ५२ वर्षिय पुरुष र काभ्रेका २६ वर्षिय पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । शनिबार नै कपिलवस्तुका तीन जनामा संक्रमण देखिएको थियो । मन्त्रालयका अनुसार कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटाका २५, ३४ र ४४ वर्षिय पुरुषमा संक्रमण देखिएको हो ।

यस्तै शनिबार नै भएको परीक्षणमा बर्दियाको नार्खुका २८ वर्षिया महिला, सिराहा सखुवाका ३० वर्षिय पुरुष, पर्साको विरगञ्जका २८ र २९ वर्षिय पुरुष, सर्लाही रामनगरका १८ वर्षिया किशोरी र चितवनको गढौलीका २५ वर्षिय पुरुषमा संक्रमण देखिएको छ ।

अहिलेसम्म प्रदेश नम्बर २ र ५ मा सबैभन्दा बढी संक्रमित भेटिएका छन् । दुबै प्रदेशमा गरी २ सय १८ जनामा संक्रमण देखिएको छ । यस्तै प्रदेश नम्बर १ मा ३६ र वाग्मती प्रदेशमा १६ जनामा संक्रमण देखिएको छ । यसैगरी गण्डकी प्रदेशमा ३ र सुदूरपश्चिममा ५ जनामा संक्रमण देखिएको छ । अहिलेसम्म ३६ जना उपचारपछि घर फर्किएका छन् ।

गत २४ घण्टामा ५ हजार २ सय ४३ जनाको नमुना परीक्षण भएको छ । जसमा पिसिआर विधिबाट २ हजार ५ सय ७९ वटा परीक्षण भएका छन् । आरडिटी विधिबाट २ हजार ६ सय ६४ वटा परीक्षण भएको प्रवक्ता देवकोटाले बताए । अहिलेसम्म पिसिआर विधिबाट २६ हजार ६ सय ९१ र आरडिटी विधिबाट ६५ हजार ७ सय ४९ वटा परीक्षण भएका छन् ।

शनिबारसम्म कुल ९२ हजार ४ सय ४० जनाको परीक्षण भएको उनले बताए । प्रदेश नम्बर १ मा ९ हजार १ सय ११, प्रदेश नम्बर २ मा ५ हजार ९ सय ८७, बागमती प्रदेशमा १० हजार ४ सय ५२ र गण्डकी प्रदेशमा ६ हजार ९ सय ३२ जनाको परीक्षण भएको छ । यस्तै प्रदेश नम्बर ५ मा ८ हजार ४ सय ९०, कर्णाली प्रदेशमा ७ हजार ३ सय ७२ र सुदूरपश्चिम प्रदेशमा १७ हजार ४ सय ५ जनाको आरडिटी परीक्षण भएको छ । अहिले देशभरीका क्वारेन्टाइनमा १६ हजार ३ सय ६६ जना रहेका छन् । उपत्यकामा ३२ सहित देशभरीका विभिन्न अस्पतालमा ३ सय २० जना उपचाररत रहेका छन् ।

यो पनि पढ्नुहोस् : बितेको २४ घण्टामा ५ हजार बढीको कोरोना परीक्षण, आजै मात्र थपिए ११ संक्रमित

 फेरी २ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २७८ पुग्यो

टिचिङ अस्पताल ‘सील’ गर्ने तयारी, बिरामी तथा कुरुवा क्वारेन्टाइनमा
 यी २ देश जहाँ १ जना मात्र कोरोना संक्रमित छन्

कोरोना अपडेट : यस्तो छ विश्वमा महामारीको पछिल्लो अवस्था 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?