काठमाडौं । धुलिखेल अस्पतालमा मृत्यु भएकी २९ वर्षीया महिलाको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप अनुसन्धान थालेको छ । उनको मृत्यु कोरोनाको कारण भएको आशंका गरिएपछि मन्त्रालयले अनुसन्धानको लागि डा गुणराज लोहनीसहितको विज्ञ टोली धुलिखेल अस्पताल पुगेको छ ।
गत बिहीवार धुलिखेल अस्पतालमा उपचारको क्रममा सिन्धुपाल्चोक बाह्रविसेकी २९ वर्षीय महिलाको मृत्यु भएको थियो ।
मन्त्रालयका अनुसार उनी गत बैशाख २५ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा सुत्केरी भएर घर फर्किएकी थिइन् । स्वास्थ्यमा थप समस्या देखिएपछि काभ्रेको धुलिखेल अस्पतालमा बिहीवार भर्ना गरिएको थियो ।
घरमा पुगेपछि ज्वरो, स्वासप्रश्वासलगायत शारीरिक समस्या आएपछि धुलिखेल अस्पतालमा ल्याइएको थियो ।
उनको भर्खर जन्मिएको बच्चा धुलिखेल अस्पतालमा नै रहेको छ । साथै शनिबार दिउँसो मृतकको श्रीमान, सासु र नन्दको स्वाब संकलन गरिएको स्रोतले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित मिडिया ब्रिफिङका क्रममा ती महिलाको रिपोर्ट आएपछि मात्र सार्वजनिक गर्ने बताएका थिए ।
आज शनिवार एकैदिन यो समाचार तयार पार्दासम्म ११ जनामा संक्रमण पुष्टि भइसकेको छ । यो सँगै हालसम्म नेपालमा २ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने ३६ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । शनिवार मात्रै नेपालमा काभ्रे, सिरहा, महोत्तरीमा गरि थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो भने काभ्रे र सिरहामा पहिलोपल्ट संक्रमित फेला परेका हुन् । संक्रमित मध्ये २ सय २४ जना पुरुष र ५४ जना महिला रहेका छन् ।
यसअघि प्रकाशित यो समाचार पढ्नुभएको थियो ?
मन्त्रालयले भन्यो- धुलिखेल अस्पतालमा मृतक महिलाको रिपोर्ट आउन बाँकी
फेरी २ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २७८ पुग्यो
सिन्धुपाल्चोककी महिलाको अस्पताल ल्याउँदा बाटोमा भएको थियो निधन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया