हेर्नुहोस् २०७७ साल जेठ ४ गतेको राशिफल

काठमाडौं । वि.सं. २०७७ जेठ ०४ गते । आईतवार । इ.स.२०२० मे १७ तारिक । शकसंवत् १९४१ । प्रमादी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । ने.सं. ११४० बछलागा । जेष्ठ कृष्णपक्ष । तिथी– दशमी,१४ बजेर ०२ मिनेट उप्रान्त एकादशी ।

नक्षत्र– पूर्वाभाद्रपदा,१५ बजेर ३० मिनेट उप्रान्त उत्तरभाद्रपदा । योग विष्कुम्भ,२९ बजेर ०२ मिनेट उप्रान्त प्रिति । करण– भद्रा,१४ बजेर ०२ मिनेट उप्रान्त बव,२६ बजेर ५९ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–चर योग ।

चन्द्रराशि–कुम्भ,०८ बजेर ५४ मिनेट उप्रान्त मिन । काठमाडौंमा सूर्योदय ६ बजेर १५ मिनेटमा, सूर्यास्त १८ बजेर ४५ मिनेटमा । दिनमान ३३ घडी ४५ पला । विश्व उक्त रक्तचाप दिवस । विश्व दूरसञ्चार दिवस । पञ्चक ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

आफन्त तथा साथीभाईबाट टाडिनु पर्दा मन खिन्न हुनेछ । धोका दिने तथा आशा देखाउनेहरु सक्रिय हुनेछन् ।

कार्यक्षेत्रमा आलोचना गर्नेहरुबाट सजक रहनुहोला । स्वास्थ्यको ख्याल गर्नुहोला औषधि उपचार खर्च बढ्नेछ ।

बिहानको समय राम्रो रहेकोले अध्ययनमा मन जानेछ । बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

प्रेममा सामिप्यता बढेर जानेछ । पैत्रिक सम्पत्तीको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । कृषिमा लगानी गरि धन आर्जन गर्न सकिनेछ ।

सिमित स्रोत साधनको प्रयोग गरी असिमित आवश्यक्ताहरु पुरा गर्नु पर्ने वाध्यता आउनेछ । ईच्छाईएका वस्तु प्राप्त हुनाले मन प्रशन्न हुनेछ । तरपनि बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

सामाजिक काम गर्ने वातावरण बन्ने तथा मानसम्मान,ईज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ ।

अध्ययन अध्यापनमा मन जानेछ भने माया प्रेममा प्रिय पात्रसँग नजिक हुने समय रहेको छ ।

विवादित विषयहरु हल भएर जाने तथा पुराना समस्याअरु केहि भए थोरै समय दिएर फत्ते गर्न सकिनेछ । व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

नाफामुखी व्यापार भन्दा सेवामुखी व्यापार व्यवसाय फस्टाएर जानेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा सकारात्मक उपलब्धी हासिल हुनेछ । स्वास्थ्य सवल हुनाले पुरुषार्थी काम गरी आम्दानी बढाउन सकिनेछ ।

माया प्रेमको डोरो कसिलो भएर जाने तथा पति पत्नीबीच अझ विश्वास बढेर जानेछ । तर पनि बिहानको समय मध्यम रहेकोले बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

बिहानको समय राम्रो रहेकोले औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । पढाई लेखाईमा मन जाने तथा नतिजा आफैँतिर ल्याउन सकिनेछ ।

मध्यान्हबाट समय मध्यम रहेकोले गोप्य रिपोर्टहरु बाहिर आउने तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ । माया प्रेममा धोका तथा मनमुटाव सिर्जना हुने योग रहेको छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

भौतिक साधनहरु जुट्नेछन् प्रविधिको प्रयोग मार्फत धन आर्जन गर्न सकिनेछ । अध्ययन,लेखन,कलासाहित्य तथा गीत संगीतमा चासो बढ्नेछ भने तपाईको प्रतिभाको उच्च कदर हुनेछ ।

प्रेम सम्बन्धमा विश्वासको वातावरण बढ्ने तथा दाम्पत्य जीवन सुमधुर बन्नेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । तरपनि बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ ।

पुराना ऋण,रोग तथा शत्रुबाट छुट्करा पाईने हुनाले मन प्रशन्न हुनेछ ।

आफन्त तथा मावली पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने योग रहेकोछ । तरपनि बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

आफन्त तथा छोराछोरीको प्रगतीमा मन रमाउनेछ । वौद्धिक तथा प्राज्ञिक क्षेत्रमा लगानी गरी धन आर्जन गर्न सकिनेछ भने विद्यार्थी हरुले प्रविधिको प्रयोग गरि अध्ययन गर्नुहोला ।

प्रेममा रमाउन चाहानेहरुका लागि समय फलदायी रहेको छ । तरपनि बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

आफन्तहरु टाडिनेछन् भने आमासँग मनमुटाव हुनेछ । अन्य व्यवसाय मध्यम रहे पनि कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ ।

सवारी साधन चलाउँदा तथा जग्गा सम्बन्धी काम गर्दा ध्यान दिनुहोला । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ ।

बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

आट,शाहस तथा पराक्रमा वृद्धि भएर जाने हुनाले उपलब्धी मुलक कामहरु गर्न सकिनेछ । विवाद तथा प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ ।

लेखन कला तथा साहित्यमा बाकी रहेको कामलाई पूर्णता दिन सकिनेछ । प्रेम प्रशङ्गमा रमाउने चाहनेहरुका लागि समय उत्तम रहेको छ । तर पनि बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

पारिवारिक जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नुको साथै रमाईलो वातावरण समय व्यतित गर्न सकिनेछ ।

औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । तर पनि बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

पुराना कमिकमजोरी सुधार्दै नयाँ काममा हात हाल्न सकिनेछ । पारिवारिक माहोलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर आउनेछ ।

माया प्रेममा रमाईलो गर्दै समय व्यतित हुनेछ । घर परिवार तथा आफन्तको सद्भाव तथा सहयोग पाईने हुनाले मन प्रशन्न हुनेछ । तरपनि बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?